काठमाडौं । संसद्मा आजबाट बजेट छलफल सुरु हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा संसद्मा आगामी आर्थिक वर्ष ०८१ र ८२ को बजेट प्रस्तुत गरेका थिए ।
सोही बजेटमाथि दफावार छलफलका लागि प्रतिनिधि सभाले आइतबार देखि कार्यसूची तय गरेको हो । आइतबार देखि मंगलबारसम्मका बजेटमाथि छलफल हुनेछ भने त्यसमाथि उठेको प्रश्नहरूको जवाफ बुधबार अर्थमन्त्रीले सांसदमै दिनेछन् । बजेटमाथिको छलफलका लागि आजै राष्ट्रिय सभाको बैठक पनि सवा १ बजेका लागि बोलाइएको छ ।