त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले छैटौँ विकेट पनि गुमाएको छ । नेपालले छैटौँ विकेटको रुपमा सन्दीप जोरालाई गुमाएको हो । जोरा १५.१ ओभरमा आउट भएका हुन् । उनले १० बल खेल्दा १० रन जोड्न सफल भएका थिए । छैटौँ विकेट जाँदा नेपालले १५.१ ओभरमा १२३ रन जोडेको छ ।
यसअघि कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी एकै ओभरमा आउट भएका थिए ।
रोहित पौडेल १७ बलमा १८ रन बनाउँदै १२.१ ओभरमा आउट भएका हुन भने ऐरी १५ बलमा २० रन बनाउँदै १२.४ ओभरमा आउट भएका हुन् ।
त्यस्तै कुशल भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक बनाएपछि थप एक बलको सामना गरेका उनी आउट भए ।
त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । उनलाई युएईका आयान खानले पाँचौ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए । यस्तै कुशल मल्ललाई पनि आयानले १ रनमा बोल्ड गरेका थिए ।
सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो ।
अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी–२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी–२० सिरिज