राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्प पिडितलाई राहत दिन बिलम्ब नगर्न नहुने बताएका छन् ।
शुक्रबार भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले जाजरकोटका भूकम्प पिडितको अवस्था दयनिय रहेको र सरकारले उनीहरुलाई राहत दिन नसकेको बताउँदै बरु सरकारले सक्दैनौँ भनेर हात उठाए पीडितलाई राहत उपलब्ध गराउन रास्वपा सक्षम रहेको बताएका छन् ।
त्यस्तै उनले राहत वितरण कार्यमा समन्वय नभएका कारण नागरिक आकास मुनी चिसोमा सुत्न बाध्य भएको बताउका छन् । ‘भूकम्प पिडितको अवस्था अत्यन्त दुःख लाग्दो छ’, उनले भने,‘पार्टीको तर्फबाट गर्नुपर्ने सबै प्रयास गरिरहेका छौं । अझै पनि सरकारले सकेन भने भनोस रास्वपा सक्छ । ’
त्यस्तै उनले पार्टीले विपत व्यवस्थापनमा अनुभवी टोलीलाई भूकम्प प्रभावित जिल्लामा खटाएको समेत जानकारी गराए । त्यस्तै उनले सरकारले उद्धारको काममा समन्वय गरेको भएपनि राहत वितरण कार्य प्रभावकारी बनाउन नसकेको बताए ।