काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल फिर्ता पठाइदिने वातावरण बनाउन मलेसियाका गृह मन्त्रीलाई आग्रह गरेका छन् । दुई नेताबीचको टेलिफोन संवादमा मलेसियाका गृहमन्त्री सिफुद्धिन नासुसन बिन इजमाललाई यस्तो आग्रह गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
उपप्रधान एवम् गृहमन्त्री लामिछानेले नेपालमा सहकारी ठगेर मलेसियामा आश्रय लिइरहेका राईलाई जसरी भएपनि नेपालमा बुझाइदिन मन्त्री इजमाललाई आग्रह गरेका थिए । नेपालको सो आग्रहमा मलेसिया सकारात्मक रहेको पनि गृहमन्त्रालयले जनाएको छ।
टेलिफोन कुराकानीमा गृहमन्त्री लामिछानेले मलेसियामा रहेका नेपाली श्रमिकको सुरक्षाका बारेमा पनि त्यहाँका गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
-
केबि थापा 7 months agoयो पहल कदमलाई समर्थन छ तर अलि ढिला भयो र जति पनि तपाई माथि लागेको सहकारी ठगी आरोप प्रत्यारोप छ त्यो पनि सफाइ हुने श्वर्ण अवसर पनि हो मा॰ उपप्रधान तथा गृहमन्त्री लामिछाने ज्यु। म तपाई को यो पहल कदम प्रती पूर्ण विश्वास व्यक्त गर्दछु।
-
Resham 7 months agoNathan kailas sirohiyaa ko nagaritaa pani xito vanda xito xaan bin hos ab dhilaa garnu hudain