विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइते दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त्र भण्डारकिाा अनुसार घाइते मध्ये दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको छ ।
विहिबार स्थानीय आइतराज केरुङको घरमा ग्रिनेडजस्तो देखिने वस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए । प्रिन्सा र दिप्सन सहित ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालक घाइते भएका थिए । पवन र एक बालको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । आइतराज केरुङको घरमा अहिले ज्ञानबहादुरको परिवार बस्दै आएको छ ।
घाइते बालक पवन राईका अनुसार ज्ञानबहादुर राई बस्दै आएको घरमा बालबालिका जम्मा भएर खेल्ने क्रममा बल जस्तो वस्तु भेट्टाएका थिए । सोहि वस्तु फुटाउन उनीहरुले हतौडा प्रयोग गरेका थिए । खेलाउने क्रममा ढुंगाले हान्दा नफुटेपछि दिप्सनले हतौडाले हानेका थिए पवनले भनेका छन्, हतोडाले हान्दा एक्कासी पड्कीयो ।
प्रहरी स्रोतका अनुसार विस्फोट भएको बम द्वन्द्वकालकै बेलाको भएको आशंका गरिएको छ । पुरानो र खिया लागेको हतियार द्वन्द्वकालमा सकेट प्रयोग गरि बनाईको हतियार जस्तै छ ।
पाँचथरका प्रहरीका अनुसार घटनास्थलमा यस्तै अर्को पनि शंकास्पद वस्तु फेला परेको छ । अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको प्रहरीले जनाएको छ ।