
२१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा थप कागजात झिकाउन आदेश भएको छ । आज उक्त मुद्दाको सुनुवाई न्यायाधीश सकुन्तला कार्कीको इजलासमा तोकिएको थियो । मुद्दाको सुनुवाई बन्द इजलासमा भएको थियो ।
न्यायाधीश कार्कीको इजलासले गौशला २६ को जन्मदर्ता र बसाइसराइ सम्बन्धी कागजात झिकाउन आदेश गरेको हो ।