काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सभापतिमाथिको राजनीतिक प्रतिशोध विरुद्धको आन्दोलन प्रधानमन्त्रीको सरकार निवास घेर्नेतर्फ केन्द्रित गरेको छ ।
कात्तिक १३ गते ९भोली मंगलबार० काठमाडौँमा हुने भनिएको आन्दोलन बालुवाटार केन्द्रित रहेको रास्वपाले जनाएको छ। आइतबार अबेर सो पार्टीले कात्तिक १३ गतेको विरोध कार्यक्रमको स्थल बालुवाटार चोक तोकेको हो ।
सभापतिमाथिको राजनीतिक प्रतिशोध विरुद्धको विरोध कार्यक्रम बालुवाटार चोक नेपाल हाउस अघि तोकिएको रास्वपाले जनाएको छ । सो दिन देशभरबाट नेता तथा कार्यकर्ता आन्दोलनमा सहभागी हुने रास्वपाले जनाएको छ। मङ्गलबार मध्यन्न १२ बजेका लागि विरोध प्रदर्शनको समय तोकिएको छ ।