नेभिगेशन
सबै कुरा

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियालाई कारबाही

काठमाडौँ । उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

Global Ime Bank

सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिए। “विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ”, उनले भने, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जिएसए पनि रद्द भएको छ ।”

विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौँबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । 

प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले २७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५ सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनःउडान सुरु गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पसल बन्द गरेर एक महिनादेखि सडकमा सुनचाँदी व्यवसायी, सरकार मौन

पसल बन्द गरेर एक महिनादेखि सडकमा सुनचाँदी व्यवसायी, सरकार मौन

उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरू गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए।
झण्डै १४ खर्ब पुग्याे मुलुकको कूल व्यापार घाटा

झण्डै १४ खर्ब पुग्याे मुलुकको कूल व्यापार घाटा

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कुल वस्तु...
महोत्तरीको बर्दिबासमा एभरेष्ट बैंकको १३३ औँ शाखा विस्तार

महोत्तरीको बर्दिबासमा एभरेष्ट बैंकको १३३ औँ शाखा विस्तार

बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का,...
नेपालमा भित्रियो एमजी विन्डसर इभी, के छन् विशेषता ?

नेपालमा भित्रियो एमजी विन्डसर इभी, के छन् विशेषता ?

नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको सार्वजनिक गरेको छ ।कम्पनीले हायात रिजेन्सी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एमजी विन्डसर इभी...

भर्खरै