काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नै एक सातासम्म अदालतको आदेश बुझ्न अस्वीकार गरेका छन् ।
वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध श्रीमती जानकी पाण्डेले हालेको घरेलु हिंसासम्बन्धी मुद्दामा जिल्ला अदालतले ललितपुरले भण्डारीका नाममा आदेश जारी गरेको थियो । पुस १३ गते ललितपुर जिल्ला अदालतले सुरेन्द्र भण्डारीका नाममा अन्तरिम संरक्षणात्मक आदेशको सूचना जारी गरेको थियो ।
आदेशमा भनिएको छ वादी जानकी पाण्डेलाई कुटपिट नगर्नु, शिष्ट तथा सभ्य व्यवहार गर्नु, साथै गाली बेइज्जती गर्ने, धम्की दिने वा असभ्य व्यवहार गर्ने, पीडित छुट्टै बसेको ठाउँमा वा बाटोघाटोमा वा कार्यालयमा गई वा कुनै किसिमको सञ्चार माध्यमद्वारा वा अन्य कुनै प्रकारको दुख दिने वा सताउने कार्य नगर्नु नगराउनु भन्ने समेत व्यवहारको तपाईंको नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी गरिएको छ ।
यही आदेशको सूचना पुर्याउन अदालतको एक कर्मचारी एक साता देखि कुदिरहेका छन् । 'ति कर्मचारीले भने 'बाटोमै भेटेर भएपनि दिने भनेको उहाँ सम्पर्कमै आउनुहुन्न' ।
भण्डारीले विवाह दर्ता नदिएको तथा घरेलु हिंसा गरेका भन्दै श्रीमती जानकी पाण्डे दुई साता अघि अदालत पुगेकी थिइन्।