१ असोज, बुटवल । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा पाल्पाको तिनाउ गाउँपालिका २ दोभान घोंडेबासका पाल्पाका सुनिल खत्रीको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो ।
गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो । झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।