तिलोत्तमा । तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो र देशकै उत्कृष्ट नगरपालिकाहरुमा छनोट पनि भएको नगरपालिका हो । तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा ६ लेन सडक नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्धनका कार्यक्रमले ६ लेन सडकको थप आकर्षक बढेको छ । सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्यले तिलोत्तमाले सुन्दरता फेरिएको छ ।
बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुवैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ भने मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्य फुलेको छ । सिदार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका विरुवाहरू लगाइएको छ ।