काठमाडाैँ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध भ्रष्टचारको अभियोगमा मुद्दा दायर गरेको हो ।
बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्रीसमेत गरेर धन आर्जन गरेको आयोगको अभियोग छ । सोही अभियोगमा उनीमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धिकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यस्तै अख्तियारले मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेत र पद्य कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलविरुद्ध पनि मुद्दा दायर गरेको छ।