
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रथम मेयर पी. एल. सिंहको स्मृतिमा आज महानगरपालीकाले हाम्रो सांस्कृतिक सम्पदा विद्यालय स्तरीय स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
सो प्रतियोगितामा महानगरपालिका भित्रका बिभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा मेयर बालेन्द्र शाहले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनले प्रथम मेयर पी. एल. सिंहलाई दूरदर्शी नेता भएको भन्दै उनको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको बताए । त्यस्तै उनले चित्रकलाले बालबालिकालाई सिर्जनात्मक बनाउन सहयोग गर्ने भएकाले यस्ता कार्यक्रमहरु भविष्यमा पनि आयोजना हुनुपर्ने बताए ।








