२७ भदौ, काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।
भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध मुद्दा नचलाउन सीआईबीले राय दिएको छ।
हङकङबाट साउन २ गते भित्रिएको ६० किलो सुन प्रकरणमा सीआईबीले ५० जना प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । जसमध्ये ३२ जना पक्राउ परेका छन् भने अन्य १८ जना फरार छन्। फरार रहेकालाई पक्राउ गर्न सीआईबीले पर्पल नोटिस जारी गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेर आगामी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ।