काठमाडौं । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा सरकारले जेठ १ गते संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलको कार्य सूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सकारी ठगी सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै नेपाली कांग्रेसले अवरोध जारी राखेका कारण संसद् निर्वाध चल्नेमा भन्ने आशंका छ । संसद् नियमित चलेको खण्डमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथिको छलफलका लागि प्रतिनिधि सभालाई प्रस्ताव गर्नेछन् ।