काठमाडाैँ । असार १५ अर्थात् राष्ट्रिय धान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको हो ।
किसान वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ।
मध्य गर्मीको यो समयमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।