पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१र०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ करोड र पुँजीगततर्फ १९ अर्ब ५१ करोडको बजेटघोषणा गरेका हुन् ।
गण्डकी प्रदेशले भौतिक पूर्वाधारमा १२ अर्ब ७० करोड रूपैयाँ बिनियोजन गरेको छ । यस्तै पर्यटन, कृषि, खानेपानीलाई पनि जोड दिएको छ जसका लागि प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ करोड रूपैयाँ विनियोजन गरेको छ। यस्तै प्रदेशले गाँजा खेतीको कानुनी बाटो खोल्ने समेत मन्त्री गुरुङले घोषण गरे ।
यस्तै प्रदेश सभा भवन निमार्णका लागि पनि ९ करोड बजेट विनियोज गरेको छ ।
बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०र०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो ।