
काठमाडौँ । काठमाडौँको बबरमहलस्थित विशेष अदालत अगाडी मेलम्ची खानेपानीको पाइप विस्फोट भएको छ । केहीबेरअघि भएको सो दुर्घटनाका कारण बबरमहल क्षेत्र जलमग्न बनेको छ । विशेष अदालत छिर्ने ढोका, जिल्ला अदालत काठमाडौँको दोस्रो भवन र वन विभागको परिसर जलमग्न बनेको घटनास्थलमा रहेका सीधाकुरा संवाददाता उत्तम प्याकुरेलले बताए ।
पाइप विस्फोटका कारण भएको डुबानका कारण दुई अदालतसहित अन्य सरकारी कार्यालयको काम प्रभावित बनेको छ । सेवाग्राहीहरु मर्कामा परेका छन् ।
