काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको पुरक जाहेरी झिकाउन आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलाशले आइतबार यस्तो आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको हो ।
सर्वोच्चले यो मुद्दा चाडै टुंगो लाग्नुपर्ने प्रकृतिको देखिएको भन्दै २८ जेठमा अन्तरिम आदेशको छलफलका लागि सुनुवाइको पेशी तोक्न पनि आदेश दिएको छ ।