काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। फेसबुकमा स्ट्याटस राख्दै उनले अहिले आफू कुनै पनि पार्टीमा नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।’
साथै उनले लेखेका छन् ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ ,म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु।’
प्रहरीको जागिरबाट अवकाससँगै उनी एमालेमा सक्रिय भएका थिए । एमालेमा औपचारिक प्रवेश गर्नअघिनै एमालेकै नेताहरुसँग मिलेर सांसद अपहरण गरेको आरोप समेत लागेको थियो ।
उनी २०७९ मा एमाले प्रवेश गरेर दुईपटक निर्वाचनमा उमेद्वार बनेका थिए तर दुबै निर्वाचनमा हारेपछि उनी सक्रिय राजनीतिबाट हराएका छन् ।