क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।
क्यानले शनिबार एक सूचना जारी गर्दै आइसीसी टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने नेपाल र ओमानबिचको खेलको टिकटबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकप्प पीडितलाई सहयोग गर्ने बताएको हो ।
त्यस्तै उसले भूकम्पले पुर्याएको मानवीय र संरचनागत क्षतिले आफूहरुलाई मर्माहत बनाएको बताएको छ ।