१५ भदौ, काठमाडौं - नेपाली राष्ट्रिय टोलीकी उपकप्तान इन्दु बर्मा शुक्रबार मलेसियामा भएको आईसीसी महिला टी–२० विश्वकपमा बहराइन विरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेकी छिन्।
इन्दुले उक्त खेलमा ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएकी थिइन्।
बहराइन विरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेपछि उनले आज मेरो दिन थियो भन्दै प्रतिक्रिया दिइन् । उनले भनिन्,‘आज मेरो दिन थियो, त्यसैले प्रर्दशन राम्रो भयो।’
शुक्रबार मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको थियो।
बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो ।
नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको अविजित साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो । कविता १७ र सीता २ रनमा नटआउट रहे।
महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो ।
नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।