जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर पुनः भूकम्प गएको छ ।
सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको थियो ।