काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डमा आज राति गाडी चलाउन रोक लगाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
हिजोदेखि लगातार पानी परिरेकोले जोखिम आकंलन गरि आज साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
चितवन मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको रेड अलर्ट जोनमा परेको जिल्ला हो । नारायणगढ-मुग्लिन खण्डमा धेरै ठाउँमा पहिरोको जोखिम हुन सक्ने भएकाले चितवनतर्फबाट आएका गाडी आँपटारीमै रोकिने छन् भने काठमाडौ तर्फबाट जाने गाडी मुग्लिन बजारमै रोकिने छन् ।