काठमाडाैँ । चिकित्सा क्षेत्रका विभिन्न माग राख्दै अनसन सुरु गरेका डा गोविन्द केसीले अनशन तोडेका छन् । प्रधानमन्त्री प्रचण्डको राजीनामा लगायत ३ बुँदे माग राख्दै गत बैशाख २९ गतेबाट अनसन सुरु गरेका केसीले ५ दिनमै अनशन तोडेका हुन् ।
आफूले राखेका माग पूरा गर्न सरोकारवालाहरुले बेवास्ता गरेपछि उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेको घोषणा गरेका हुन् । उनले पशुपति क्षेत्रमा २२ औँ अनशन सुरु गरेका थिए ।