![]( https://sidhakura.com/content/upload/post_image/hp-aakajayapa-pagabca-ajabgamajabcashhajpgjgabqxazf.jpg)
काठमाडौँ । ताप्लेजुङको पवित्र भूमि मुक्कुमलुङमा सरकारले केबलकार बनाउने भन्दै नागरिकमाथि दमन गरेको भन्दै संसदमा विरोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सरकारको दमन अस्वीकार्य भएको बताए । उनले पवित्र भूमिमा सरकारले नगरिकको रगत बगाएको र सांस्कृतिक अतिक्रमण गरेको सकेत बताए । प्रतिनिधिसभाको शुन्य समयमा सांसद चौधरीले दिएको अभिव्यक्ति यस्तो छ ।
'ताप्लेजुङको पवित्र भूमि मुक्कुमलुङ जहाँ श्रद्धा र भक्ति प्रभावित हुनुपर्थ्यो । तर त्यहाँ निदोष नागरिकको रगत बगाइएको छ । केबलकारको नाममका सरकरले बलजफ्ती दमन र सांस्कृतिक अतिक्रमण गरेको छ । स्थानीयको अवाज दवाउन बन्दुक ताक्ने सरकारको रबैया अस्वीकार्य छ । सरकार जनताको सेवक हुनुपर्छ दमनकारी शासक होइन । विकासको नाममा अन्याय, अत्याचार र बल प्रयोग कुनै हालतमा स्वीकार्य छैन । केबलकारका कारण कोशी प्रदेशभरी जनजीवन प्रभावित भएको छ । बन्दका कराण हजारौँ नागरिकहरु मर्कामा पर्ने गरेका छन् । हाल सरकार र आन्दोलनरत पक्षबीच भएको सहमति स्वागतयोग्य छ । तथापी म सरकारलाई कडा चेतावनी दिन चाहन्छु । हिंसा, दमन र गोली प्रहारजस्ता कार्यहरु फेरि नदोहोरियोस् । घाइतेहरुको तत्काल उपचारको व्यवस्था गरियोस् । स्थानीयको भावनाको सम्मान गरियोस् ।'