दाङ । स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।
आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दीमा उत्रिएका हुन । सरकारले पटकपटक गरेका सम्झौता कार्यान्वयन नगरेकाकारण दवावस्वरुप तालाबन्दी गर्नु परेको गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।
तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई घेरेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।