काठमाडौँ । प्रधानमन्त्री र काङ्ग्रेस सभापति शेर बहादुर देउवाको मान मर्दन गरेको थप आरोपमा थप एक जना युवक पक्राउ परेका छन् । कञ्चनपुरका दीपक सिंह ठगुन्नालाई बुधबार काठमाडाैँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे छ।
'बुधबार साे प्रकरणमा थप एक युवक पक्राउ परेका छन्' एक अधिकृतले भने, 'यससँगै साे प्रकरणमा पक्राउ पर्नेकाे सख्या ३ पुगेकाे छ ।'
सोही आरोपमा मङ्गलबार काठमाडौँ प्रहरीले सुर्खेतका बुद्धिराम जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएको थियो ।
सोमबार काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रमका अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउवा विरुद्ध चर्को नाराबाजी भएको थियो । शीर्ष नेताहरू मञ्चबाट सम्बोधनका लागि पोडियममा उक्लिने बितिक्कै उनीहरूको विरुद्धमा नारा लागेको थियो ।
आफ्नो विरुद्ध दर्शक दीर्घाबाट नाराबाजी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले शिष्टता बिर्सिएको टिप्पणी गरेका थिए। त्यस्तै आफू विरुद्ध नाराबाजी भएपछि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले दर्शक दीर्घामा उनी विरुद्ध नाराबाजी गर्नेलाई बदमास भनेका थिए ।
तपाईँहरू जति बोल्ने हो बोल्नुस्, कराउनुस्, अरुको कार्यक्रम बिथोल्ने लाज नभएका बदमासहरू,’ देउवाले भनेका थिए ।