एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले हराएको छ । मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको अन्तरले हराएको हो ।
नोपलले दिएकने ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा मात्र ४६ रन बनाएर अल आउट भयो । नेपालका लागि दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले १४२ रन बनाए । त्यस्तै आकाश त्रिपाठीले ८९, दीपक बोहोराले २९, दीपकप्रकाश डुम्रेले १४, मिलन बोहराले ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।
योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।