काभ्रे । काभ्रेकाे बनेपा वडा नं. ६ बुडोलमा बाग्मती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय स्थापना गरेको छ ।
काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर जिल्लालाई लक्षित गरेर मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा यातायात कार्यालय स्थापना गरिएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । शनिबार एक कार्यक्रमबीच बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले यातायात व्यवस्था कार्यालय शुभारम्भ गरेका हुन् । कार्यालयबाट सवारीचालक अनुमति पत्र, नविकरण, सवारी दर्ता, प्रदुषण जाँच, नामसारी, राजस्व लगायतका काम हुने बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिए । मन्त्री लम्सालले मन्त्रालय सेवा विस्तार सँगै लगायतका आपसासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले यातायात व्यवस्था कार्यालयका सेवालाई डिजिटल बनाउँदै लगेको पनि बताए ।
बनेपा नगरपालिकाले कार्यालय स्थापना गर्नको लागि बुडोलस्थित सपिङ कम्प्लेक्सको दुई तला १० वर्षका लागि निशुल्क उपलब्ध गराएको हो । मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लालाई लक्षित गरी खुर्कोटमा कार्यालय स्थापना गरेको थियो ।