यस्ता छन् सहकारी छानबिन समितिले दिएका सुझाव र सिफारिस !

सिधाकुरा

काठमाडौं । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले प्रतिवेदन सहित संक्षिप्त सुझाव र सिफारिस प्रतिनिधिसभामा पेश गरेका छन् । सोहि प्रतिवेदन तथा सुझाव कार्यान्वयनका लागि सभामुखले सरकालराई पठाएका छन् । संक्षिप्त सुझाव तथा सिफारिसमा  गोरखा मिडिया नेटवर्कमा रकम आएका सबै सहकारीका सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न सिफारिस गरेको छ । 

समितिले प्रतिवेदनको परिच्छेद १८ मा समितिले आफूलाई प्राप्त चार वटा कार्यादेशमा आधारित भएर सुझाव तथा सिफारिसहरु गरेको छ।

यस्ता छन् सहकारी बचत अपचलनमा समितिले गरेका सिफारिस:

१८.१.१ कार्यादेश एकका सम्बन्धमा:

१.सहकारी संस्था दर्ता गर्नुपूर्व त्यस्तो व्यक्ति पूर्वप्रशिक्षित भएको सुनिश्चित गर्ने, सरकारी तवरबाटमात्र सम्भव नभएमा निजी क्षेत्रका तालिम सेवाप्रदायकहरूलाई समेत अधिकार दिने गरी प्रबन्ध गर्ने,

२.सहकारीमा राख्न सकिने अधिकतम बचत र लिन सकिने अधिकतम कर्जाको सीमा निर्धारण गरी त्यसलाई कडाइका साथ पालना गर्ने, गराउने र बचतकर्ताले लिएर आउने रकमको कानून बमोजिम स्रोत खुलाउने कुरालाई प्रभावकारी बनाउने, 

३.सहकारी संस्थाहरूको नियमनका लागि दोस्रो तहको नियमनकारी निकाय (Second Tier Institution -STI) का रूपमा सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग प्रत्यक्ष समन्वयमा रही काम गर्ने गरी स्वायत्त संस्थाका रूपमा सहकारी प्राधिकरण स्थापना गरिनु पर्ने, प्राधिकरण स्थापना गर्दा देहायका कुरामा ध्यान दिने:- 

सहकारीको सञ्चालन ईजाजतपत्र प्रदान गर्ने, नियमित रूपमा नियमन (नियम जारी गर्ने वा निर्देशन दिने) गर्ने एवं सुपरीवेक्षण गर्ने, सुपरीवेक्षणको क्रममा देखा पर्ने कैफियत कार्यान्वयन गर्ने, गराउने र नगरेमा कारबाही गर्ने अधिकार दिइनु पर्ने,

बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारी र वित्तीय कारोबार गर्ने सबै तहका सङ्घहरूलाई नियमन, सुपरीवेक्षण, कार्यान्वयन र कारबाही गर्ने अधिकार दिइनु पर्ने,

सञ्चालक समितिमा विषयविज्ञ र अनुभवी व्यक्तिहरूको आवश्यकता रहने हुँदा, नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र सहकारी क्षेत्रका जानकार र विज्ञ व्यक्तिहरूको प्रतिनिधित्व हुने गरी नियुक्ति गर्नु पर्ने, 

आवश्यक विज्ञ जनशक्ति (जस्तैः सहकारी, बैङ्किङ्ग, चार्टर्ड एकाउण्टेन्ट तथा व्यवस्थापन) को योग्यता निर्धारण, छनोट, भर्ना, पदोन्नति एवं यसै निकायभित्र मात्र सरूवा गर्ने गरी संस्थागत स्मरण समेतलाई ध्याद दिइनु पर्ने, 

पच्चिस करोड रूपैयाँभन्दा बढी कूल सम्पत्ती भएका सहकारीले प्राधिकरण गठन भएको मितिले ६ महिनाभित्र वित्तीय कारोबार सञ्चालन ईजाजतपत्र लिनु पर्ने गरी कानूनी प्रबन्ध गर्नु पर्ने,

सहकारीको नियमन तथा सुपरीवेक्षणका लागि कानूनले अधिकार दिए बमोजिम निर्देशिका, मापदण्ड तथा कार्यविधि जारी गर्ने अधिकार दिनु पर्ने,

प्राधिकरण स्थापना भएपछि राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी विभागको आवश्यकता नरहने हुँदा सम्पत्ति र दायित्व सर्ने गरी कानूनी प्रबन्ध गर्नु पर्ने,

४. प्राधिकरण गठन नभएसम्म नेपाल राष्ट्र बैङ्क र सहकारी विभागको संयुक्त अनुगमन टोलीले ठूलो वित्तीय कारोबार गर्ने सहकारीलाई प्राथमिकतामा राखी सहकारीको अनुगमनलाई नियमितता दिनु पर्ने,

५. बैङ्क तथा वित्तीय संस्थाको उपस्थिति बाक्लो रहेका सहरी वा अर्धसहरी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई कम संख्यामा कायम राख्ने निति लिई एकीकरणलाई प्राथमिकता दिने, सहकारी बैङ्कलाई आवश्यकताअनुसार प्रदेश तहमा समेत बिस्तार गर्ने,

६. सहकारीहरूलाई पुँजी/वित्तीय परिचालन क्षमताका आधारमा क, ख र ग बर्गमा विभाजन गरी नियमन गर्नु उपयुक्त हुने, 

७. सहकारी संस्थाहरूको लेखापरीक्षण सहकारी विकास प्राधिकरणमा सूचीकृत लेखापरीक्षकहरूबाट गराउने प्रबन्ध गर्ने र हरेक वर्ष कम्तिमा एकपटक सहकारी संस्थाको अनुगमन गर्ने र उक्त आर्थिक वर्षको लेखापरीक्षण गर्दा अनुगमनका जनाइएका कैफियत कार्यान्वयन भए, नभएका सम्बन्धमा उल्लेख गर्ने गरी कानूनी प्रबन्ध गर्ने, 

८. संविधानको अनुसूची ५, (७) र (९) समेतका आधारमा नियमन र मापदण्ड संघले बनाउने र प्रदेश र स्थानीय तहले दर्ता तथा अभिलेख र सुशासन प्रणालीलाई प्रभावकारी बनाउनतर्फ पहल गर्ने र नियमनलाई पुनर्विभाजन र पुनर्व्यवस्थित गरी नियमनको अधिकार संघीयस्तरमा स्थापना हुने प्राधिकरणलाई प्रदान गरिनु पर्ने, 

९. सहकारी प्राधिकरण तीन महिनाभित्र स्थापना गर्नु पर्ने, स्थापना नहुँदासम्मा सहकारी ऐन, २०७४ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा २०८० चैत ३० गते भएको संशोधन बमोजिम २०८१ असार मसान्तको लेखापरीक्षण प्रतिवेदनलाई आधार मानी पचास करोड रूपैयाँ वा सोभन्दा बढी कूल सम्पत्ती भएका वा वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई नेपाल राष्ट्र बैङ्कले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम नियमन तथा सुपरीवेक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने,

१०. सहकारी कानूनमा सद्‍नियतले काम गर्दागर्दै लगानी समस्यामा परेकोमा राज्यले हेर्नु पर्ने र सानो क्षति भएको खण्डमा सदस्यहरूले पनि दामासाहीले घाटापूर्ति गर्नुपर्ने र बदनियतले काम गरेका कारण संस्था समस्यामा परेकोमा कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्ने गरी किटानी प्रबन्ध गरी सहकारी कानूनलाई समयानुकूल बनाउने,

११. सहकारी संस्थालाई सदस्यकेन्द्रित र समुदायआधारित भई सदस्यकै सामूहिक प्रयासमा आर्थिक, सामाजिक र साँस्कृतिक उन्नयन गर्ने प्रयोजनका लागि उत्पादनमूलक र सेवामुखी सहकारीलाई प्रबर्द्धन गर्ने, 

१२. सहकारी मूल्य, मान्यता, सिद्दान्त र प्रचलित सहकारी कानून विपरीत सञ्चालनमा रहेका, आफ्नो विनियममा निर्धारित उद्देश्य विपरीत कार्य गरेका तथा निष्क्रिय अवस्थामा रहेका सहकारी संस्थाहरूको दर्ता खारेजी र विघटन गरी सम्बन्धित संस्थाले नै खर्च व्यहोर्ने गरी लिक्विडेटर नियुक्ति गरी लिक्विडेशन र सम्पत्ति एवं दायित्व फरफारक गर्ने, 

१३. महासंघ र संघलाई प्रारम्भिक सहकारी सरह बचत तथा ऋण कारोबार गर्न नदिने,

१४. देशभरका सहकारी संघ संस्थामा भएका असल अभ्यासहरू संकलन गरी केन्द्रबाट दिइने तालिमको पाठ्‌यक्रममा समावेश गरेर प्रशिक्षणको माध्यमबाट प्रचार प्रसार गर्ने गराउने रसहकारी शिषा विषयमा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने।

१८.१.२ कार्यादेश दुईका सम्बन्धमा 

१. सहकारी कानूनमा व्यवस्था भएबमोजिम बचत तथा कर्जा सुरक्षण कोष, कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र र बचत बीमा देहाय बमोजिम प्रबन्ध गर्ने:- 

कर्जा सूचना केन्द्र: कर्जा प्रवाह गर्दा कर्जा सूचना केन्द्रबाट सूरचना लिनु पर्ने हुन्छ। ऋणीले कहाँबाट कति कर्जा लिइरहेको छ भन्ने जानकारी हुने हुँदा थप कर्जा प्रवाह गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सजिलो हुन्छ। व्यक्तिको वित्तीय स्वास्थ्य थाहा पाउने उपाय कर्जा सूचना केन्द्र हो। अहिले नेपाल राष्ट्र बैङ्क लगायत बैङ्क तथा वित्तीय संस्थाहरूका लागि खोलिएको कर्जा सूचना केन्द्रले बैङ्क तथा वित्तीय संस्थाहरूलाई कर्जा सूचना प्रदान गरिरहेको छ। सहकारीका लागि कानूनमा प्रबन्ध भएता पनि कर्जा सूचना केन्द्र स्थापना नभएको हुँदा यसको अपरिहार्यता महसुस भएको छ। छुट्टै संस्था स्थापना र सञ्चालन गर्न समय र लागत बढी लाग्ने हुँदा अहिले भइरहेको कर्जा सूचना केन्द्रमै कानूनी अधिकार र स्रोत प्रदान नगरी कर्जा सूचना केन्द्रलाई व्यवस्थित गर्न सकिन्छ। सहकारी र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीका लागि समेत यो प्रभावकारी हुन्छ।

बचतको बीमा: बैङ्क तथा वित्तीय संस्थाहरूको प्रतिव्यक्ति प्रतिखाता ५ लाख रूपैयाँसम्मको निक्षेपको बीमा गर्ने व्यवस्था छ। यसका लागि सरकारको ९ अर्ब र नेपाल राष्ट्र बैङ्कको १ अर्ब गरी रु. १० अर्बको लगानीमा स्थापित निक्षेप बीमा तथा कर्जा सुरक्षण निगम छ । बचत तथा ऋण सहकारीका लागि बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्न सक्ने व्यवस्था कानूनमा रहे पनि अहिलेसम्म स्थापना हुन सकेको छैन। छुट्टै बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्न समय र लागत धेरै लाग्ने हुँदा विद्यमान निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत नै बचत तथा ऋण सहकारी संस्थाहरूको निश्चित सीमासम्मको रकमको बीमा गर्ने व्यवस्था मिलाउन उपयुक्त हुन्छ। आवश्यकताअनुसार कानूनमा सुधार गरी विमा अनिवार्य गरिनु पर्दछ।

कर्जा असुली न्यायाधिकरण: बैङ्क तथा वित्तीय संस्थाको कर्जा असुलीका लागि कर्जा असुली न्यायाधिकरण रहेकै हुँदा सहकारी कानूनमा प्रबन्ध भएबमोजिम कर्जा असुली न्यायाधिकरण नहुँदा ऋणीहरूलाई जिम्मेवार बनाउन सकिएको छैन। यसका लागि भइरहेको ऋण असुली न्यायाधिकरणलाई जनशक्ति, कानूनी अख्तियारी र स्रोतले युक्त बनाई सहकारीको कर्जा समेत हेर्ने जिम्मेवारी बिस्तार गर्नु उपयुक्त हुन्छ। 

२. समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकलाई सरकारको निगरानीमा निज तथा निजको एकाघरका सदस्य समेतको नाममा रहेको अचल सम्पत्ति, बैङ्क खाता, पासपोर्ट र यात्रा अनुमति रोक्का राखी सहकारीको मुख्य कार्यालय रहेको सहरबाहेक बाहिर जानु पर्दा सरकारको सम्बन्धित निकायको अनुमति लिनु पर्ने गरी नियमित कार्यालय खोल्नु पर्ने शर्त सहित settlement का लागि निश्चित अवधि तोकी उक्त अवधिभित्र पूर्ण समाधान हुन नसकेमा पुन: कानूनी कारबाहीमा जाने गरी व्यवस्थापन गर्न समय दिने,

३.समस्याग्रस्त घोषणा भएपछि सहकारीको सम्पत्ति र दायित्व व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट सहकारीपिच्छे फिल्डमा गई कार्यालय खोली Takeover शैलीमा व्यवस्थापन गर्ने Dedicated Team परिचालन गर्ने, 

४.वर्तमान सहकारी सङ्कट समाधानार्थ सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भई पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र (Bond) जारी गरी प्राधिकरणमार्फत फिर्ता गर्ने र सरकारले पछि सरकारी बाँकी सरह असुलउपर गर्ने कार्यक्रमिक प्रबन्ध गरी तत्काल काम सुरू गर्ने र क्रमश: ठूला बचतकर्ताहरूको बचत रकम कानुन बमोजिम स्रोत खुलाई करको दायरामा ल्याई फिर्ताको लागि सहजीकरण गर्ने,

५. समस्याग्रस्त बचत तथा ऋण सहकारीका सम्बन्धमा देहायका उपायहरू कार्यान्वयन गर्ने:

समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाहरूको सम्पूर्ण कारोबारहरूका विवरणहरू छानबिन गरी यथार्थ स्थिति पत्ता लगाउने, 

सहकारीको रकम गलत ढङ्गले ऋणको रूपमा प्रवाह गर्ने र कर्जा अपचलन गर्नेलाई कानूनी कारवाही गर्ने, उनीहरूका चल अचल सम्पत्तिहरू जफत गर्ने, 

कर्जा असूली गरेर बचतकर्ताको रकम फिर्ता गर्ने, सहकारीले लगानी गरेका सम्पत्तिहरू जफत गरी सरकारको नाममा ल्याउने र सरकारले साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने र कर्जा असुलीपछि सो रकम शोधभर्ना लिने,

बचत तथा ऋण सहकारी संस्थाहरूको नियमन र सुपरीवेक्षण गर्न दोस्रो तहको नियमनकारी निकाय स्थापना गर्ने।

देहायका कार्यक्रम सहित सहकारी पुनरोत्थान योजना लागू गर्ने

मुलुकको उत्पादन, आत्मनिर्भरता र औधोगिक विकास प्रक्रियामा सहकारी क्षेत्रको योगदान बढाउने, 

कतिपय सहकारीका कारण हाल गुमेको सहकारी क्षेत्रको विश्वास र साख पुन:आर्जन गर्ने, 

बचत अपचलनकर्तालाई सजाय गर्ने,

अपचलित रकम सम्बन्धितहरूबाट असुलउपर गर्ने, 

१८.१.३ कार्यादेश तीनका सम्बन्धमा 

१. समस्याग्रस्त सहकारीको हरहिसाव राफसाफ गर्ने:

समस्याग्रस्त घोषणा भइसकेका सहकारी सामान्यतया पुनः सञ्चालनमा आउन सक्ने सम्भावना एकदमै क्षीण रहेको छ। प्रत्येक सहकारीको हरहिसाव फरफारक गर्न सहकारीको पछिल्लो वित्तीय कारोबारको आकारलाई दृष्टिगत गरी बैङ्किङ्गविज्ञ, सहकारीविज्ञ र चार्टर्ड एकाउन्टेन्ट सहितको ३ देखि ५ जनासम्मको संस्थापिच्छे अलग कार्यसमूह (Dedicated Team) बनाई निश्चित कार्यादेश र कार्यविधि प्रदान गर्ने र सोही कार्यसमूहबाट सम्पत्ति र दायित्वको फरफारक गर्नेदेखि पुनर्सञ्चालन वा खारेजीसम्मको अधिकार प्रदान गर्ने।

२. समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत रकम फिर्ता गर्ने सम्बन्धमा प्राथमिकताको आधारमा फिर्ता योजना अगाडि बढाउनु पर्ने देखिन्छ:-

 क. संस्थागत सम्पत्तिबाट बचत फिर्ता गर्ने (प्रथम चरण)

सहकारी संस्थाहरूको संस्थागत सम्पत्ति तथा त्यसका सञ्चालक एवं संलग्न व्यक्तिको तत्काल सम्पत्ति रोक्का गर्ने,

केन्द्र, प्रदेश तथा स्थानीय तहहरूमा आ-आफ्नो जिम्मेवारीभित्र पर्ने गैरकानूनी कारोबार गर्ने सहकारी संस्थाहरू र त्यससँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति जिम्मा लिने, बेचबिखन गर्ने, ऋण असुली गर्ने, निक्षेप कर्ताहरूको निक्षेप फिर्ता गर्ने लगायतका कार्यहरू गर्न कानूनी र संस्थागत प्रबन्ध गर्ने,

गैरकानूनी कारोबार गर्ने सहकारी संस्थाहरू र तिनका सञ्चालक एवं अन्य संलग्न व्यक्तिहरूको  सम्पत्तिको लगत तयार गर्ने,

लगतअनुसार संस्थागत सम्पत्ति संयन्त्रले जिम्मा लिने,

संस्थाबाट लगानी भएको ऋणलाई सरकारी बाँकीसरह असुल गर्ने,

त्यस्ता संस्थाहरूको अचल सम्पत्तिलाई चलमा परिणत गर्ने (बेचबिखन गर्ने),

बचतकर्ताको प्राथमिकता र उपलब्ध सम्पत्तिको आधारमा फिर्ता गर्ने रकमको अनुपात निर्धारण गर्ने,

निर्धारण भएबमोजिमको प्राथमिकताक्रममा बचत फिर्ता गर्ने।

ख) संस्थागत सम्पत्ति अपुग भएमा व्यक्तिगत सम्पत्तिबाट फिर्ता गर्ने (दोश्रो चरण)

सञ्चालक/संलग्न व्यक्ति र परिवारको सदस्य र संलग्न देखिएका अन्यको चल/अचल सम्पत्ति नियन्त्रणमा लिने,

अचल सम्पत्तिलाई चलमा परिणत गर्ने (बेचबिखन गर्ने),

निक्षेपकर्ताको प्राथमिकता र उपलब्ध सम्पत्तिको आधारमा फिर्ता गर्ने रकमको अनुपात निर्धारण गर्ने,

निर्धारण भएको प्राथमिकताअनुसार बचत फिर्ता गर्ने।

३. सहकारी संस्थाहरू समस्याग्रस्त भएसँगै कार्यालय बन्द हुने र सञ्चालकहरू समेत निलम्बन वा थुनामा पर्न सक्ने हुँदा बचतकर्ताको बचत रकम लगानी भएका सम्पत्ति धितो राखी ऋण लिएकोमा सोको व्याज समेत पुँजीकृत गर्ने र बचतकर्ताको बचत रकमको वेवास्ता गरी ऋण रकममै लिलाम गरी लिने खालका प्रवृत्ति देखिएको हुँदा बजार मूल्यमा लिलाम गरी ऋण रकम असुल गरी बाँकी रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई उपलब्ध गराउने सम्बन्धमा आवश्यक समन्वय गर्न नेपाल राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्न नेपाल सरकारलाई सिफारिस गर्ने।

४. सहकारी संस्थाहरूले पुँजी प्रवाहको सन्तुलन देखाउन केही नक्कली ऋणीहरू खडा गर्ने वा चुक्ता गरिसकेका ऋणको लगत कट्टा नगर्ने जस्ता समस्या देखिएका छन्, यसमा सुधार हुनु पर्ने। 

१८.१.४ कार्यादेश चारका सम्बन्धमा 

१. सहकारी संस्थाहरूबाट कम्पनीमा रकम प्रवाह भएकोमा विवाद रहेन, त्यसरी सहकारी संस्थाहरूबाट निजी कम्पनीमा लगानी गर्न वा रकम प्रवाह गर्न मिल्ने कानूनी व्यवस्था नभएको हुँदा उक्त कानून विपरीतको कार्यलाई रोकी कानूनी प्रबन्धको कडाइका साथ पालना गर्ने/गराउने, 

२. निजी कम्पनीमा लगानी गर्नुको सट्टा उत्पादनकेन्द्रित सहकारीलाई प्रबर्द्धन गरी सहकारीको आफ्नै ब्राण्ड स्थापित गर्नेतर्फ प्रोत्साहन दिने र त्यसको सहकारी-व्यवसायमा कर छुट लगायतका सुविधा प्रदान गर्ने गरी नीतिगत प्रबन्ध गर्ने,

३. सहकारी कानून विपरीत गोरखा मिडिया नेटवर्क प्रा.लि.मा रकम प्रवाह गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.,बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि., काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था लि., वीरगञ्जका सञ्चालक एवं निर्णयप्रक्रियामा संलग्न सबैलाई कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गर्ने, यसैगरी कम्पनीमा रकम पठाएको देखिएका इमेज बचत तथा ऋण सहकारी संस्था लि., समानता बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी लि., आइएमई कोअपरेटिभ्स र यस्तै कानून विपरीतको कार्य गरेका सहकारी संस्थाका सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गर्ने,

४. कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन। खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने, 

५. साथै, सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका गितेन्द्रबाबु राई, थानबहादुर बुढा मगर-सूर्यदर्शन पोखरा, दिनेश रोक्का-सहारा चितवन, सागर के.सी.-सुप्रिम, बुटवल, तस्वीरण खातुन-सानो पाइला, बिरगञ्ज र भूपेन्द्र राई-स्वर्णलक्ष्मी, काठमाडौंलाई  शिघ्र खोजी गरी कानूनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिने,  

६. समितिले छानबिनको लागि खोजि गरेर उपस्थित गराइ दिन गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई  निर्देशन गरेका अन्य फरार व्यक्तिहरूलाई अविलम्ब कानूनको दायरामा  शिघ्र ल्याई बचत अपचलनमा कारबाही अघि बढाउन सिफारिस गर्ने,   

७. त्यस्तै अनुसूची-२ मा उल्लिखित अन्य सहकारी संस्थाहरूबाट गैरकानूनी प्रक्रियाबाट रकम लिई उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा सहभागी भएका सबै कम्पनीका सञ्चालक, निर्णयकर्ता एवं मुख्य जिम्मेवारहरूलाई आफू बहाल रहेको अवधिमा कम्पनीमा आएको रकमको हकमा उत्तरदायी र जवाफदेही बनाउने गरी सम्बद्ध कानूनअनुसार सम्बद्ध निकायबाट अनुसन्धान गरी कानून बमोजिम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने, 

८. गोरखा मिडिया नेटवर्क प्रा.लि. लगायतमा कम्पनीहरूमा शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र श्वेट शेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने।

१८.२ अन्य सुझावहरू

१. नेपालको सहकारी आन्दोलनलाई सुदृढ र दिगो बनाउन प्रबर्द्धन र नियमनबीचको सन्तुलन आवश्यक छ। केन्द्रीय संघ, विषयगत केन्द्रीय संघ, प्रादेशिक संघ र जिल्लास्तरीय संघहरूले एक अर्कासँग परस्परमा समन्वय गर्दै पारदर्शिता, नैतिकता र सदस्यहरूको सर्वोत्कृष्ट हितमा केन्द्रित भएर काम गर्नुपर्छ।

२. नेपालको सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई सुधार गर्न, कानूनी प्रावधानहरूलाई स्पष्ट र एकरूप बनाउन अत्यावश्यक छ। संघीय, प्रादेशिक र स्थानीय तहका कानूनहरूको समन्वय गर्दै एकरूप कानूनी संरचना बनाउनु पर्छ, जसले समन्वय सहितको कार्यान्वयनलाई मद्दत गर्नेछ।

३. सहकारी क्षेत्रको प्रभावकारिता र दिगोपनालाई सुनिश्चित गर्न बचत र ऋणको कारोबा  सेवाबाहेक कृषि, उपभोक्ता र सामुदायिक विकासजस्ता अन्य सहकारी क्रियाकलापमा केन्द्रित हुनु आवश्यक छ। 

४. सहकारी क्षेत्रको संख्यात्मक वृद्धिसँगैं गुणात्मकतामा ध्यान दिन गुणस्तरीय शिक्षा, तालिम, र अनुगमनको सुदृढ व्यवस्थापन गर्नु पर्दछ।

५. सहकारी क्षेत्रको प्रभावकारी अनुगमन र सुपरीवेक्षणका लागि संघ, प्रदेश र स्थानीय तहमा आवश्यक स्रोतसाधनसहित नियामक निकायमा विषयविज्ञससहितको दरबन्दी र तत्काल पदपूर्तिको प्रबन्ध गर्नु गर्दछ।

६. बचत तथा ऋण सहकारीहरूको दर्ता, कार्यक्षत्र र सेवाकेन्द्र बिस्तार हाललाई रोकी प्रभावकारी नियमनमा ध्यानकेन्द्रित गर्नु पर्दछ।

७. सहकारीको मुख्य प्रशासनिक अधिकारीको स्वविवेकीय अधिकारलाई उत्तरदायी र जवाफदेही बनाई सहकारीहरूको सेवा बिस्तार र एकीकरण (मर्जर) प्रक्रियामा पारदर्शिता र सदस्यहरूको सहमतिलाई अनिवार्य बनाउनु आवश्यक छ।


प्रतिक्रिया

Sidhakura Investigation

साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....

  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....

  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....
  • रविमाथि प्रतिशाेध, पुष्टिका आधार || SIDHAKURA ||
  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....

Current Affairs

हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया....

  • हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी....
  • १५ दिनपछि के गर्छन् कुलमान घिसिङ् ?|| SIDHAKURA ||
  • बार्दलीबाट रविको गर्जन, 'थुनामा राख्दैमा बाघ स्याल हुँदैन’ || SIDHAKURA ||
  • दीपक मनाङ्गेलाई यसरी छिराइयो कारागार || Deepak Manange || SIDHAKURA ||
  • रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइयो || SIDHAKURA ||
  • उर्जा मन्त्रालयको दृश्यः मन्त्री उठेर हिँडे, राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् || SIDHAKURA....
  • हाइकमाण्डको हिरासतको छलफलमा रविले नेताहरुलाई के भने ? || SIDHAKURA ||
  • प्रधानमन्त्री कार्यालय नै भष्ट्राचारको मुल जरो || राज्य व्यवस्था समिति || SIDHAKURA....
  • पोखरामा रास्वपाले गरेको प्रदर्शनमा अश्रुग्यास प्रहार || SIDHAKURA ||
  • 'कानुनतः रविलाई थुन्न मिल्दैन...' : कानुनविद् डा. गान्धी पण्डित || SIDHAKURA ||
  • हिरासतमा के भन्छन् रवि ? || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले मनायो महाकवि देवकोटाको जन्मजयन्ती || SIDHAKURA ||
  • विमानस्थलमा हजारौँ यात्रु अलपत्र || SIDHAKURA ||
  • उदयपुरको मौलीक देउसी भैलो || Deusi Bhailo || SIDHAKURA ||
  • ‘हाम्रा छोरा-छोरीहरु रवि-बालेनको समर्थनमा छन्, हामीले रोक्न सकेका छैनौं’ सञ्चारमन्त्री गुरुङ ||
  • Lights, Blessings, Action! Laxmi Puja at Sidhakura || सिधाकुरामा लक्ष्मी पूजा ||
  • प्रचण्डकाे छमछमी || Puspa Kamal Dahal "Prachanda" ||
  • कुकुर: आज्ञाकारी र रक्षक || SIDHAKURA ||
  • जसले दबाब दिएपनि बिजुलीको पैसा उठाएरै छोड्छु: कुलमान घिसिङ || SIDHAKURA ||
  • रोक्का राखेको ६० बोरा चामल गायब, खाद्य प्रविधि, सिडियो कार्यालय, पालिका र....
  • देश किन र कसरी डुब्यो जान्न मन भए सिंहदरबारको वैद्यखाना हेरे पुग्छ–....
  • 'यो देशमा रवि जस्ता राम्रो मान्छेलाई टिक्न दिँदैनन्, मदन भण्डारीलाई पनि यस्तै....
  • पक्राउ परेका नेताहरुलाई निशर्त रिहा नगरे घेरा तोड्ने रास्वपाको चेतावनी || SIDHAKURA....
  • रास्वपाको प्रदर्शन सुरुमै बालुवाटारमा धरपकड, फक्राउ परे नेताहरु || SIDHAKURA ||
  • प्रधानमन्त्रीले जग्गा दान लिनु भ्रष्टाचार हो, लिनेदिनेलाई नै कारवाही होस् || SIDHAKURA....