काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य दिई मनाइएको छ । निराहर व्रत बसेकाले मेची नदी किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन ।
देशभरका मधेस तथा पहाडी जिल्लाका विभिन्न स्थानका नागरिकहरुले जलाशयमा पुगेर अर्घ्य दिएर छठ मनाइएको हो । विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधानासमेत गरेका थिए । छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरुको विश्वास छ ।