काठमाडौं । पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलले कंग्रेसले सरकारको नीति तथा कार्यक्रममा ताली बजाउनु पर्ने बताएका छन् । सरकारले जेठ १ गते संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदैं उनले यस्तो धारणा राखेका हुन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शिथिल रहेका अर्थतन्त्र उकास्नका लागि महत्वपूर्ण रहेको भन्दै उनले कांग्रेसलाई सरकारको नीति तथा कार्यक्रमको सर्मथन गर्न आग्रह गरे ।