काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । बालेनको सचिवालयका अनुसार कार्यव्यस्तता देखाएर मतदान गर्न नगएका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ । मतदानका लागि काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोल भने हेडौंडा पुगेकी छिन् ।
मेयरको सचिवालयका अनुसार उनी राष्ट्रिय सभाका उमेद्वारका लागि मतदान गर्न जाने छैनन् । गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा पनि बालेन प्रदेशका उमेद्वारलाई भोट हालेका थिएनन् ।