पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
पोखराकी देवीकुमारी बरालले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेकी थिइन्।
उनले दायर गरेको मुद्दाउपर उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश दिएको हो ।
उक्त इजलासले लेकसाइड क्षेत्रमा २४ सै घण्टा कानुनबमोजिम व्यापार व्यवसाय गर्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेशसमेत दिएको छ ।