काठमाडौँ । प्रहरीले बालकुमारीमा भएको घटनामा प्रहरीको गोली लागेर एक जनाको गोली लागेर मृत्यु भएको जनाएको छ । ललितपुर प्रहरीले विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर हत्या भएको बताएको हो ।
यस्तै दैलखेका सुजन राउतको भने भागदौडका क्रममा मृत्यु भएको जनाएको छ ।
साथै आगजनी र तोडफोटमा संलग्न भएको आशंकामा ७३ जनालाई नियन्त्रण लिएको जनाएको छ । घटनामा नेपाल प्रहरीका डिएसपी सहित ३ जना र सशस्त्र प्रहरीका तर्फबाट ४ जना घाइते भएको जनाएको छ ।