काठमाडाैँ । मनास्लु वर्ल्ड कलेजले विभिन्न विधाका पाँच जना स्रष्टालाई सम्मान गरेको छ । प्रज्ञा भवनमा आयोजित मनास्लु सांस्कृतिक एवं सृष्टा सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पाँच विभिन्न विधाका विशष्टि व्यक्तिलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान गर्दै आएका जगदीश खरेल, संगीतकर्मी कुन्ती मोक्तान, राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ छन् । यस्तै, कार्यक्रममा शिक्षासेवीबाट जयन्ती सत्याल अधिकारी र समाजसेवी सम्मान बालकृष्ण बुर्लाकोटीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री किरातीले स्रष्टाप्रति गरिएको सम्मानले युवा पुस्तामा स्रष्टाप्रतिको सम्मान बढाएको दावी गरे ।
कार्यक्रममा सञ्चारकर्मी खरेलले पछिल्लो समय युवा पुस्ताको विदेश मोह अस्वभाविक भएको भन्दै अध्ययनको शिलशिलापछि स्वदेश फर्केर देश बनाउन अपिल गरे ।
सांंस्कृतिक कार्यक्रममा कुन्ती मोक्तान र सुवानी मोक्तानले सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट नजिता ल्याउने विभिन्न संकायका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।