काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकपमा क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशसँग सामना गर्दैछ । यू १९ विश्वकपमा पौने २ बजे सुरु हुने खेलसँगै नेपालले तेस्रो पटक बङ्गलादेशको सामना गर्दैछ । बंगलादेशले सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई दबाबमा राख्न चाहन्छ भने नेपाल पनि उच्च मनोबलसँग खेल्दै छ।
यस अघिका दुई खेलमा एक एक जित हात पारेका नेपाल र बंगलादेशले आजको खेलमा कसले बाजि मार्छ हेर्नै पर्ने हुन्छ ।