‘सुगर ड्याडी’ प्रकरणः ओजस्वी तामाङ हात समात्थे, आशिष देउला आइरनले डाम्थे

विष्णु ढुंगाना , उत्तम प्याकुरेल

काठमाडौँ । ‘सुगर ड्याडी’ उर्फ आशिष देउलाले आफूले क्लब जाने कलिला युवाहरूलाई क्रूर यातना दिएको स्वीकार गरेका छन् । उनले परिवर्तित नाम कुलबहादुरलाई ४ पटक आइरनले डामेको आफूलाई याद भएको र अरु याद नभएको बयान दिएका छन् । यद्यपि उनले अपहरण गरेको आरोपबारे भने इन्कारी बयान दिएका छन् । 
त्यस्तै अर्का प्रतिवादीले ओजस्वी तामाङले समेत देउलाले पीडितहरूलाई आइरनले डामेको बारे पुष्टि गरेका छन् । देउलाले पीडितलाई आइरनले डाम्दा आफूले हात समाइदिएको समेत उनले बयानका क्रममा बताएका छन् । 

सुगर ड्याडी प्रकरणबारे सिधाकुराले निरन्तर समाचार प्रकाशन तथा प्रसारण गरिरहेको छ । एक जनाले भोगेको यातनाको खुलासा गरेपछि ५ जना पीडितहरू सिधाकुराको सम्पर्कमा आएका थिए । उनीहरुमध्ये २ जनाले प्रहरीमा जाहेरी दिएका थिए । उनीहरु हामीसँगको कुराकानीमा देउलाले आफूहरूलाई आइरनले पोलेको, नङमा दर्जनौँ पटक सियोले कोपेको, पाइप काट्नै कैँचीले गोप्य अङ्ग काट्न खोजेको, मलद्वारमा भिक्स हालिदिएको, आँखामाथि घाउ बनाएर त्यही घाउमा सन्चो हालिदिएको बताएका थिए । 

प्रहरीले यस्तो प्रकारको अपराध अहिलेसम्मै नेपालमा नदेखिएको बताएको छ । प्रहरीले देउला प्रकरणमा करिब १ महिना अनुसन्धान गरेको छ । अनुसन्धानपछि प्रहरीले राय सहितको प्रतिवेदन पेश गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा समेत दर्ता गरेको छ । 

उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । पक्राउ परेका चारजनामध्ये काठमाडौँको बुढानीलकण्ठ १ का ३२ वर्षीय आशिष देउला र उदयपुरको त्रियुगा नगरपालिका १२ घर भई हाल काठमाडौँको ठमेल बस्ने २२ वर्षीय ओजस्वी तामाङलाई प्रतिवादी बनाइएको छ । 
मुलुकी फौजदारी संहिता २०७४ को दफा २१४ मा अपहरण कसूरमा १० देखि १५ वर्षसम्म जेल सजाय र १ लाख देखि १ लाख ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । त्यस्तै ज्यान मार्ने कसुर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाख जरिवाना हुनेछ । त्यस्तै जिउ ज्यालाई क्षति पुगेको भए मुनासिब क्षतिपूर्ति  तिर्नुपर्नेछ । 

यस्तो छ आशिष देउलाले दिएको बयान

मेरो जाहेरवाला कुलबहादुर (नाम परिवर्तन) संग विगत ५ र ६ महिना अगाडि देखी चिनजान भएको हो । म आफू घर बनाउने कन्ट्रक्सन कम्पनी संचालन गर्ने गरेको र सोही कन्ट्रक्सन बनाउनको लागी चाहिने सर सामानहरु समेत बिक्री बितरण गर्ने गरेको हँुदा मैले बरामद भई आएका सर सामानहरु मेरो घरमा लगेर राखेको हुँदा प्रहरी टोली मेरो घरमा गई मैले आफ्नो कन्ट्रक्सनको लागी प्रयोग हुने सर सामानहरु र मैले प्रयोग गर्ने गरेको गाडी समेत वरामद गरी ल्याएको हो । जाहेरवाला कुलबहादुरसंग नाईट क्लबमा जाने क्रममा निजको भाईमार्फत विगत ५ र ६ महिना अगाडीदेखि चिनजान हुन गएको र निज संग चिनजान भईसकेपछी निजले मलाई फोन गरी एक्कासी अपशब्द प्रयोग गरी गाली गलौज गरी मलाई काठमाण्डौ ठमेलमा रहेको सुगर क्लव मुनी बोलाई १० र १२ जना अन्य व्यक्तिहरु समेत भेला जम्मा पारी मलाई कुट्ने तयारी गरेका रहेछन् । म सो ठाउँमा पुग्न साथ निजहरुले मलाई कुट्न लागेको र सोही अबस्थामा उक्त क्लबमा रहेका बाउन्सर समेतलाई खबर गरी प्रहरी टोली समेत आई सकेपछी निजहरु सो ठाउँबाट भागी गएका थिए । पछि निज कुलबहादुरले मलाई पुन फोन गरी गाली गलौज गर्ने धम्क्याउने जस्तो कार्य गरेको र तलाई केटीको केस लगाई फसाई दिन्छु भनी धम्क्याउने गरेको थियो । हामी सबै मिली निज कुलबहादुर र निजको साथी लाई सम्झाई बुझाई अब यसरी फोनमा कुराकानी नगर्ने न धम्क्याउने भनी हामी सबै भई मौखिक सहमति समेत गरेर कुरा टुङग्याई सकेका थियौँ । निजहरुसंग कुरा टुङग्याई सकेको भएता पनि निज कुलबहादुरले मेरो विरामी भएको भतिजलाई विगत १५ दिन अगाडी तिर खुकुरी लिएर हान्न गएको भन्ने खबर मैले सुनेको हुँदा निज जाहेरवालाको भाई लाई बोलाई तिग्रो दाईलाई राग्रो संग सम्झाई देउ, तिमि पनि झगडा नगर भनि निजलाई समेत सम्झाई बुझाई गरेका थियौँ । त्यसको भोलीपल्ट निज कुलबहादुरलाई लगनमा रहेको जात्रामा बोलाई निजको मामा घरमा लगी कुरा गर्ने क्रममा निजको र हामी विचमा हात हालाहालको अबस्था भएको कारण म लगायत मसंग गएका सुबेल पुजारी, ओजस्वी तामाङ, निज कुलबहादुरको साथी समेत भई निजलाई पाईप जोड्न प्रयोग गर्ने फलामको आईरन तताई निजको ढाडमा डामेको हो । मैले निजलाई जबर्जस्ती गाडीमा राखेको छैन । 

म आफुले गाडी चलाएको र म संगै गएका ओजस्वी तामाङ र निज जाहेरवाला तथा निजको साथी सुबेल पुजारी संगै भएको हुँदा मैले कुलबहादुरलाई मेरो भतिजा नाताको मानिसलाई किन खुकुरी हान्न लागेको भन्ने विषयमा कुरा गर्न तिम्रो आमालाई पनि फोनमा कुरा गर नत्र तिम्रो घरमा जाउँ, नभए प्रहरी कार्यालय जाउँ भन्दा निजले घरमा जाँदा आमालाई नराम्रो हुन्छ, मेरो मामाको घर नजिकै छ, त्यही जाउँ भनी मलाई भनेको हुदा मैले गाडी चलाई निज पछाडी बसी निजले भने अनुसार निजको मामा भन्ने मानिसको घरमा गएका हौ । जाँदा निजलाई कुनै प्रकारको डर त्रास तथा धाक धम्की केही दिएको छैन । निज राजी खुसी साथ हाम्रो साथ लागी गएका हुन् । मैले निजलाई मेरो आफन्तको घरमा लगेको होईन । निजले मेरो मामाको घरमा जाउँ भनेको हुदा निजले भने अनुसार निजको मामाको घरमा गएका हौँ । सो घरमा गई सके पछी निज कुलबहादुर, एकिन नाम थर वतन थाहा नभएको निजको साथी, निजले साथी भनेर बोलाउने गरेको सुबेल पुजारी, म , ओजस्वी तामाङ र निजको मामा भन्ने घर धनी समेत कोठामा भएको अबस्थामा निज खाटमा बसेको र पछी मैले निजलाई तैले लगाएको लुगा खोल भनी धम्की पुर्ण भाषा प्रयोग गरी मैले भनेको हुँदा निजले आफुले लगाएको माथीको लुगा खोलेको हुँदा मैले पाईप जोड्नको लागी प्रयोगमा ल््याउने गरेको फलामको आईरन तताई ज्यान मार्ने उद्देश्यले निजको ढाडमा डामेको हुँ । निजलाई कोठामा लगी सके पछी मेरो भजित पर्ने केटालाई निज समेत मिलि खुकुरी हानेको र पुन अर्को भतिजलाई समेत खुकुरी हान्ने कुरा गरेको भन्ने मैले थाहा पाएको हुँदा के कति कारणले खुकुरी हानेको हो भनी निजलाई सोधेको थिएँ, निजले सो विषयमा केही नवताएको कारण मैले निजलाई खाटबाट भुईमा बस्न लगाई लुगा समेत खोल भनेको र सोही समयमा को कसले मलाई फलामको आईरन तताएर ल्याई दिएको हुँदा सोही आईरनले मैले निजलाई ज्यान मार्ने उद्देश्यले डामेको हो । निजलाई मैले फलामको आईरनले ४ पटक सम्म डामेको याद छ, सो बाहेक अन्य को कसले कति पटक डामेका हुन मलाई याद भएन । मैले निजलाई फलामको तातो आईरनले डाम्दा घर धनि सोही कोठा भित्र थिए , निज विशाल पोडेको पहिले अन्य केटाहरु संघ समेत झगडा परेको रहेछ , सोही विषयमा निज संग कुरा गरि रहेको थिए , अन्य कुनै भुमिका छैन । मैले निज कुलबहादुरलाई डाम्नको लागी प्रयोगमा ल्याएको आईरन प्रहरीले मेरो घरबाट बरामदी मुचुल्कामा उल्लेख गरि बरामद गरी ल्याएको छ

 त्यस्तै अर्का प्रतिवादी ओजस्वी तामाङले पनि देउलाले पीडितलाई यातना दिएको पुष्टि गरेका छन् । 

यस्तो छ ओजस्वी तामाङको बयान

मिति २०८१/०५/०७ गते दिनको ३ बजेको समयमा म र आशिष देउला पुन जात्रा हेर्न भनी आशिष देउलाको बा ७ च ६४६१ न। को पजेरो गाडीमा चढी बुढानिलकण्ठबाट टेकुमा आएकोमा सोही समयमा जाहेरी दरखास्तमा नाम उल्लेख भएका प्रतिबादी जाहेरवालासंग भेट भएको र भेट भई सकेपछी आशिष देउला र कुलबहादुरले पहिले अर्को केटालाई खुकुरी हानेको विषयमा कुराकानी गरी कहाँ गएर कुरा गर्ने हो हिड, तेरो घरमा जाने हो की प्रहरी कार्यालय जाने हो की, तेरो घरमा जाने हो भनी कुरा गर्दा निजले मेरो घरमा आमा विरामी हुनुहुन्छ, मामा घरमा जाने भनेको हुदा म, सुबेल पुजारी ,आशिष देउला, निज विशाल पोडेको साथी र विशाल पोडे समेत गरी जम्मा ५ जान भई आशिष देउलाको गाडीमा चढी निज विशाल पोडेको मामा घरमा गएका हौँ । निजको मामा घर सम्म गाडी नजाने भएको हुदा गाडी तल बाटैमा रोकी कुलबहादुर, आशिष देउला, सुबेल पुजारी र कुलबहादुरको साथी र कुलबहादुरेकै मामा समेत पहिले घर भित्र गएका हुन । निज आशिष देउलाले गाडीमा हुक्का समेत लिएर आएको हुँदा मलाई गाडीबाट हुक्का लिएर आईज भनेको हुँदा म गाडी बाट हुक्का लिएर जाँदा कोठा भित्र ८/९ जना भेला जम्मा भई रहेका थिए, निजहरु सबैले नेवारी भाषामा कुरा गरि रहेका थिए, मैले निजहरुको कुरा नबुझ्ने भएको हुँदा के कुरा गरे मलाई जानकारी भएन । म कोठामा पुग्दाको अबस्थामा आशिष देउलाले हातमा फलामको आईरन बोकी रहेका थिए । जाहेरवाला कुलबहादुर खाटमा बसी रहेका थिए । पछी आशिष देउलाले निज विशाल पोडे लाई भुईमा बस भनी भुईमा बस्न लगाएको र सोही अबस्थामा निज आशिष देउलाले फलामको आईरनले निज कुलबहादुरको ढाडमा फलामको तातो आईरनले ज्यान मार्ने मनसाय लिई डामेको र सो अबस्थामा निजले मलाई छाडी दिनु भनी आग्रह गरेको र कोठामा भएका अन्य मानिसहरुले समेत भयो छाडी देउ भन्दा समेत आशिष देउलाले हुदैन यसले अति गरी सक्यो यसलाई छाड्नु हुदैन भनी डामेका हुन निज आशिष देउलाले सोही समयमा निजलाई समाउ भनेको हुँदा मैले निज विशाल पोडेको एउटा हात समाई दिएको हुँ । मैले हात समाएको अबस्थामा समेत निज आशिष देउलाले जाहेरवालाको डाढमा डामेका हुन्।

भदौ १७ गते देउलाबाट पीडित भएका व्यक्तिहरुले हामीलाई आफूले भोगेको यतानाबारे सुनाएका थिए । हामीले घटनाबारे बताएपछि काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त रजौरेले तत्काल एक्सन लिएका थिए । १८ गते देउलालाई पक्राउ गर्न डिएसपीको कमाण्डमा २ जना इन्स्पेक्टरसहित २५ जना सादा पोशाकमा खटाइएको थियो । उक्त टोलीले सोही दिन साँझ देउलाको घरमा छापा मारेर उनीसहित ४ जना नियन्त्रणमा लिएको थियो । प्रहरीले आशिष देउला र उनका साथीहरु ओजस्वी तामाङ, राजेन्द्र घले र साजन गुरुङ पक्राउ गरेको थियो । 

यस घटनासँग सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’


‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’





प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....