नेभिगेशन
सबै कुरा

सुगर ड्याडीको अपराध श्रृङ्खलाबारे प्रहरी भन्छ, ‘यस्तो अपराध अहिलेसम्म देखिएको थिएन’

काठमाडौँ । सिधाकुराले गत साता देखि एउटा अनौठो र पाशविक अपराधका घटनाबारे श्रृंखलाहरुबद्ध रिर्पोटिङ गरिरहेको छ । नेपालमै हालसम्म नसुनिएको अपराध श्रृङ्खला जति उजागर हुँदै गएको छ उति नै आङ जिरिङ्ग हुने घटनाहरु सार्वजनिक भइरहेका छन् । 


Global Ime Bank

रात्री क्लबमा मनोरञ्जनका लागि पुगेका किशोर किशोरीहरुलाई क्रुर यातना दिएर आफू मनोरञ्जन लिने आशिष देउला उर्फ ‘सुगर ड्याडी’ बारे समाचार प्रकाशन तथा प्रसारणका क्रममा ५ जना पीडितहरु सिधाकुराको सम्पर्कमा आएका छन् ।

काठमाडौँको बुढानिलकण्ठका देउलाले आफूहरुलाई आइरनले डामेको, हातको औँला काट्न खोजेको, लिङ्ग काटिदिन खोजेको, सियोले कोपेकोदेखि मलद्वारामा सन्चो हालिदिएको, मिक्सचरमा हात हालेर पिस्न खोजेको जस्ता निकै क्रुर यातना दिएको बताएका छन् । 

सिधाकुरामार्फत यो अपराध श्रृङखलाको समाचार सामग्रीहरु प्रकाशन तथा प्रसारण भईरहँदा धेरैले सुगर ड्याडीको अनुसन्धान कसरी भईरहेको छ भन्नेमा चासो व्यक्त गरेका छन् ।

भदौ १७ गते देउलाबाट पीडित भएका व्यक्तिहरुले हामीलाई आफूले भोगेको यतानाबारे सुनाएका थिए । त्यसको भोलिपल्ट भदौ १८ गते हामीले पीडितमध्येका एक कुलबहादुर (नाम परिवर्तन) लाई जिल्ला प्रहरी परिसर काठमाडौँ लिएर गएका थियौँ । हामीले घटनाबारे बताएपछि काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त रजौरेले तत्काल एक्सन लिएका थिए । सो दिन देउलालाई पक्राउ गर्न डिएसपीको कमाण्डमा २ जना इन्स्पेक्टरसहित २५ जना सादा पोशाकमा खटाइएको थियो । उक्त टोलीले सोही दिन साँझ देउलाको घरमा छापा मारेर उनीसहित ४ जना नियन्त्रणमा लिएको थियो । 

पक्राउ पर्नेमा आशिष देउला र उनका साथीहरु ओजस्वी तामाङ, राजेन्द्र घले र साजन गुरुङ छन् । प्रहरीले १९ गते देउलाको समूहलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । सो दिन भदौ १८ गतेदेखि लागू हुनेगरी अनुसन्धानको लागि अदालतले ५ दिनको समय दिएको थियो । कुलबहादुरको जाहेरीको आधारमा आशिष देउला र ओजस्वी तामाङमाथि अपरहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान अघि बढायो ।

अन्य दुई जना राजेन्द्र घले र साजन गुरुङलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । त्यसपछि अर्का एक पिडित लाल बहादुर (नाम परिवर्तन)ले पनि सिधाकुरामार्फत  आफूमाथि भएको ज्यादती सार्वजनिक गरे र प्रहरीमा जाहेरी दिए । उनले पक्राउ परेका चारै जना विरुद्ध किटानी जाहेरी दिएर घटना सनाखत गरिदिएपछि अहिले चारै जनामाथि नजरबन्ध तथा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानको क्रममा थप अपराध खुल्दै गएमा सोही अनुसार कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ । 

अहिले प्रहरीले आशिष देउलाबाट सुगर ड्याडी बन्न उनले लगाउने गरेको नकाब (फेसमाक्स) बरामद गरेको छ । सो मास्क अमेरिकाबाट किनेर ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनले भिडियो बनाएर भाइरल हुनको लागि आफुले सो माक्स लगाउने गरेको बयान दिएको प्रहरीको भनाई छ । 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार देउला र उनको समूहले घटाएको अपराध नेपालमा यसअघि सुनिएको थिएन । मानिसलाई हत्या गर्ने भन्दा पनि क्रुर यातना दिएर मज्जा लिने यस प्रकारको अपराधको बिभिन्न कोणबाट अनुसन्धान भइरहेको अधिकारी बताउँछन् । हामीले दर्शकको चासो अनुसार डार्क वेवका लागि त्यसो गरिएको हुनसक्ने आशंकाबारे प्रश्न गर्दा अधिकारीले यो विषयमा थप अनुसन्धान भइरहेको बताउँछन् । 

देउलाको अपराध कर्मलाई कानुनी उपचारको बाटोमा ल्याउन उनीबाट पीडित भएका व्यक्तिहरु सम्पर्कमा आउन जरुरी भएको उनले बताए । ‘उसको नकाब, उसले टर्चर दिएका पीडितहरुको बयान र  उसले पीडितहरुलाई जुन तरिकाले यातना दिएको छ डामेको छ त्यो हेर्दा चाहीँ यो अहिलेसम्म देखिएको भन्दा भिन्न प्रकृतिको टर्चर, भिन्न प्रकृतिको यातना हो । सुगर ड्याडीको नकाब देख्दा यो अलिकति अरु अपराध भन्दा फरक तरिकाले अनुसन्धान अघि बढेको छ ।’

देउला समूहबाट पीडित भएका सबैलाई प्रहरीको सम्पर्कमा आउन पनि एसपी अधिकारीले आह्वान गरे । पीडितहरुको सुरक्षा र गोपनियता जिम्मा प्रहरीले नै लिने समेत उनले बताए । गोप्य रुपमा कानुनी उपचार खोज्न चाहने पीडितहरुलाई सोही अनुसारको व्यवस्था गरिने प्रहरीले बताएको छ । 

यस घटनासँग सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’


‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...
ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन

ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन

ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन
ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानले पनि शत्रुहरूबाट आफ्नो न्युक्लियर साइटहरु फोर्डो, नताञ्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर, उसले आक्रमणबाट भएको क्षतिबारे स्पष्ट केही भनेको छैन् ।  तर, तेहरानबाट...
केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे। तिक्तता र शत्रुता भुलेर सङ्गठन र पार्टी निर्माणमा जुट्न एमाले नेताहरूलाई...