नेभिगेशन
सबै कुरा

‘पाइप काट्ने कैँचीले लिङ्ग काट्न खोजे, तीन तलाबाट म हामफाल्न खोजेपछि आइरन मात्रै लगाए’

काठमाडाैँ । आशिष देउलाबाट यातना भोगेका अर्का एक पीडित पनि सिधाकुराको सम्पर्कमा आएका छन् । उनले पनि देउलाले आफूलाई यसअघिका पीडितलाई जस्तै चरम यातना दिएको बताएका छन् । १९ वर्षिय लालबहादुर (नाम परिवर्तन) काठमाडौँमा बसेर अध्ययन गरिरहेका थिए । साथीहरुसँग उनी पनि नाइट क्लव जाने गर्थे । सोही क्रममा उनको र आशिष देउलाको भेट भएको थियो । 


Dish home
City Express

यही वर्ष जेठमा क्षेत्रपाटी चोकबाट उनलाई आशिष देउला सहित ५ जनाले अपहरण गरेका थिए । आशिष र उनका साथीहरुले कुटपिट गर्दै गाडीमा राखेका थिए । उनीहरुले गाडीमै आफ्नो आँखामा सन्चो हालिदिएको लालबहादुरले बताए । 

लालबहादुरका अनुसार उनलाई आशिषको टोलीले गाडीमै यतना दिन सुरु भएको थियो । ‘मलाई क्षेत्रपाटी चोकमा समातेर कुट्दै गाडीमा हाले । त्यसपछि उनीहरुले एउटा पसलमा पुगेर गाडी रोके र सियो किने, ’ लालबहादुरले भने, ‘उनीहरुले मलाई गाडीमै सियोले कोप्न थाले ।’ 

त्यसपछि उनलाई नारनथानको एउटा घरमा लिएर गए । त्यहाँ जानेवित्तिकै आफूमाथि यातना दिन सुरु भएको उनले बताएका छन् । ‘मलाई मेरो कपडा खोलेर नाङ्गै पारे । त्यसपछि मेरो आँखा, मलद्वार र लिङ्ग लगायत संवेदनशिल अङ्गमा सन्चो दलिदिए । उनीहरुले पाइप काट्ने कैँचीले मेरो लिङ्ग काट्न खोजे ।’ लालबहादुरले भने । 

लालबहादुरले आफूलाई छोडिदिन भन्दै धेरै अनुनय गरेपछि उनीहरुले अन्य यातना दिन थाले । 

त्यसपछि आशिषले अर्को एक जनालाई फोन गरे । उनले आइरन तताउन थाले । केही समयपछि आशिषले फोन गरेका व्यक्ति घरमा आइपुगे । उनीहरुले निवस्त्र बनाएर लालबहादुरलाई सो घरको ग्राउण्ड फ्लोरमा लिएर गए । अब सो घरमा आशिष सहित ६ जना भए । उनीहरुले सन्चो लगाएको शरीरमा आइरनले डाम्न थाले । बिहान ६ बजे अपरहणमा परेका लालबहादुरलाई उनीहरुले ११ बजेसम्म ५ घण्टा बढी यातना दिए । 

उनीहरुले लालबहादुरलाई हम्मरले खुट्टामा हाने, सियोले कोपे, र तातो आइरनले खुट्टामा डामे । करिब ५ घण्टाको यातनापछि आशिषले फोन गरेर बोलाएको व्यक्तिले लालबहादुर छोड्न आशिषलाई आग्रह गरे । 

‘आज दाइले भनेर तलाई छोड्दै छु, दाई तेरो लागि भगवान् हो’ आशिषले लालबहादुरलाई भने । छोड्दै गर्दा उनीहरले कतै उजुरी गरिस् भने निस्केर आएपछि फेरि उस्तै हाल गरिदिने भन्दै धम्की दिए । कसरी हुन्छ ज्यान जोगाउने ध्याउन्नमा रहेका लालबहदुर हतार हतार लुगा लगाएर त्यहाँबाट निस्के र घर गए । 

लालबहादुरका अनुसार यो सबै भईरहँदा आशिषले सबै भिडियो रेकर्ड गरेका छन् । 

घर पुगेर परिवारलाई सबै कुरा बताए । तर, उनीहरुले दिएको धम्कीका कारण उजुरी गर्न सकेनन् । ‘कसैले साथ दिए उजुरी गर्छु भन्ने लागेको थियो । अहिले सिधाकुराले सहयोग गरेको थाहा पाएपछि बोल्ने हिम्मत आयो’ लाल बहादुरले भने । 

देउलाकै डरका कारण उनी काठमाडौँबाट अहिले टाढा छन् । आफू पढाईका लागि समेत काठमाडौँ आउन नसकेकोे उनको भनाई छ । हामीले उनलाई काठमाडौँ बोलाउँदा आशिषकै डरका कारण परिवारले आफूलाई आउन नदिएको बताएका छन् । उनी काठमाडौँ आउन नसक्ने बताएपछि हामीले जुममार्फत उनको भिडियो कुराकानी गरेका छौँ । 

यस घटनासँग सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’


‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण
‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले भने ।
त्यो दिन बंकरभित्र के भएको थियो ? विपिनका साथी धनबहादुरको बयान

त्यो दिन बंकरभित्र के भएको थियो ? विपिनका साथी धनबहादुरको बयान

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको अन्तिम वर्ष अध्ययन गरिरहेका ४९ जना विद्यार्थी ६ समुहमा विभाजित भएर इजरायलका विभिन्न कृषि केन्द्रमा काम गरिरहेका थिए । उनीहरु लर्न एण्ड अर्न कार्यक्रम...