दावा छिरिङसँग 'डिल' गरेका भिमकान्तको चारथरी बयान, सीआईबीको 'झारा टार्ने' अनुसन्धान

विष्णु ढुंगाना

२ असोज, काठमाडौं । ६० किलो सुन प्रकरणमा तस्करीको सेटिङ मिलाउनेदेखि व्यवस्थापन गर्ने सम्मको भुमिका निभाएका बेल्जियम नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएका बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीलाई सिआइबीले 'झारा टार्ने' कागज मात्रै गराएको पाइएकोे छ । 

दावा र भिमकान्तबीच भएको संवादको जगमा टेकेर भिमकान्तले दिएका अभिव्यक्ति तथा बयान, उनकै बोलिसँग मात्रै होइन, दावा छिरिङको बयानसँग पनि बाझिएको छ । तर सीआईबीले उनको बयानमा 'फ्याक्ट चेक' त परको कुरा 'वान लाइन सवाल' सोधेर थप प्रश्नै नगरेको पाइएको छ । 

माओवादी उपमहासचिव वर्षमान पुनका प्रिय पात्र भिमकान्तलाई कागज गराएर थप अनुसन्धान नै नगरी उन्मुक्ती दिइएको छ । 

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको अभियोजन पत्रमा बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारी कसूरमा सहभागी भएको तर अनुसन्धान नगरिएकाले थप अनुसन्धान गरि अभियोग पत्र ल्याइने भनेको छ । 

कसूरमा सहभागी भनिएका भण्डारीलाई सीआईबी उपस्थित गराएर कागज मात्रै गराइएको छ । तर सीआईबीमा उनले दिएको बयान र दावा छिरिङले दिएको बयान बाझिएको छ । 

साथै सिधाकुराको ‘द सेक्रेट्स अफ गोल्ड माफियामा’ भण्डारीले दिएको जवाफ पनि उनले सीआईबीमा दिएको बयानसँग बाझिएको  छ । 

भिमकान्तले दावासँगको सम्बन्धका बारेमा ४ ठाँउ ४ वटा बयान दिएका छन् । तर पनि दावाले दिएको बयानसँग उनले दिएको बयान मिल्दैन । 

सुरुमा भिमकान्तको संवाद सार्वजनिक गर्दा दावासँगको सम्बन्ध के हो भनी सोधेका थियौँ । त्यसको जवाफमा सुरुमा त उनले ‘दावालाई चिन्दीन किन चिन्नु ?’ भनेको थिए  । 

(यो लिङ्कमा भिमकान्त भण्डारीको पूर्ण अडियो सुन्न सकिन्छ)

तर एकैछिनपछि उनले बोली फेर्दै ३ वर्षअघि कोरोनाको स्वास्थ्य सामग्री खरिदका लागि दावा सम्पर्कमा आएका बेला भेट भएको तर कारोबार नभएको दाबी गरेका थिए । साथै आफ्नो विदेशमा कुनै व्यवसाय नभएकाले विदेशीसँग कुरै नहुने समेत बताएका थिए । 

छिनछिनमा बोले फेर्ने भिमकान्तले सीआईबीमा पुगेर बयान पनि फेरेका छन् । सीआईबीमा उनले दिएको बयान, केही समयअघि हामीलाई दिएको उनकै प्रतिक्रियासँग बाझिन्छ । 

दावासँग एक पटक कोभिडको स्वास्थ्य सामाग्री खरिदबारे कुरा हुँदा दावा भेट्न आएको तर त्यसपछि कुरा नभएको बताएका भिमकान्तले सीआईबीमा भने दावासँग एक हैन अनेक व्यवसायको विषयमा कुरा भएको बताएका छन् । 

सीआईबीलाई दिएको बयान दावा र आफ्नो पहिलो भेट वर्षमान पुन उर्जामन्त्र भएको समयमा ५ वर्ष अघिनै उर्जा मन्त्रालयमै भएको बताएका छन् । सोहि समयमा मोवाइल नम्बर साटासाट भए पश्चात दावा छिरिङसँग विभिन्न व्यवसायसँग सम्बन्धित कुराहरु फोन र विच्याटमा हुने गरेको बताएका छन् । तर यसअघि भने उनले ‘दावासँग फोन सोन, च्याट स्याट’ मा कुरै नहुने भन्दै झुट बोलेका थिए । 

सुरुमा कोभिडको सामाग्री खरिदका विषयमा कुरा भएको बताउने भण्डारीले बयानका क्रममा भने दावासँग नागढुङ्गा–नौबिसे सडक विस्तारको ठेक्का र ठेकेदार कम्पनी खोज्ने विषयमा कुरा भएको बताएका छन् । साथै उनले दावाले कोभिडको भ्याक्सिन उत्पादकसँग सम्पर्क गराइदिएको र त्यसबापत एडभान्समा १० लाख रुपैयाँ दावालाई दिएको समेत खुलाएका छन् । 

सँगै दावाले चाइनिज गाडीको डिष्ट्रीब्युटर मिलाइदिन्छु  भनेको बयान दिएका छन् । तर डिष्ट्रीब्युटर नमिलाइदिएको र बरु सामाजिक संजालबाट दावाले ब्लक गरेको दाबी गरेका छन् ।

त्यसबाहेक उनले दावाकी श्रीमती अमला रोकासँग गाडीको व्यापार गर्ने कुरा भएको तर व्यवसायिक सहकार्य नभएको बताएका छन् । 

उनले दावाको परिवारसँग व्यवसायिक सहकार्य नभएको दाबी गरेपनि भिमकान्त भण्डारीको नाममा रहेको ‘बिध अटोमोवाइल्स’मा दावा पत्नी अमला रोकाको ५ हजार कित्ता शेयर रहेको छ भने भिमकान्त भण्डारीको ४९ लाखको शेयर रहेको छ । भिमकान्तले दावाको सम्बन्ध बारे दिएको बयान पनि दावाको बयानसँग मेल खाँदैन । 

दावाले आफ्नो बयानका क्रममा भिमकान्तले चाईनाबाट आयात हुने  ईलेक्ट्रीक गाडीहरुको नेपालको लागि एजेन्ट बन्न चिनियाँ कम्पनीसँग कुरा गराइदिनु भनेको हुँदा सोही विषयमा कुराकानी भएको हो भन्ने मात्रै जवाफ दिएका छन् ।

उनलाई सिआइबीले सवाल न ५७ मा भिमकान्त भण्डारीसँग विच्याटमा आर्थिक कारोबार सम्बन्धी कुराकानी भएको देखिएको हुँदा तपाईहरु बिच के कस्तो आर्थिक कारोबार रहेको थियो भन्ने प्रश्न गरेको थियो । यसको जवाफमा दावाले एउटा कारोबारको मात्रै सामान्य जवाफ दिएका छन् । 


सीआईबीले त्यसपछि उनलाई थप सवाल नै गरेको छैन् । सिआइबी स्रोतका अनुसार भिमकान्त भण्डारीलाई सोधपुछका लागि सिआइबीमा बोलाउँदा उनले नयाँ फोन लिएर गएका थिए । उनको सोही फोन परीक्षणका लागि सीआईबीले फरेन्सिक ल्यावमा पठाएको छ । जबकी दावा छिरिङसँग संवाद हुने फोन उनले सीआईबीमा लगेकै थिएनन् । अनुसन्धानमा विश्वमै ख्याती कमाएको नेपाल प्रहरीले यति सामान्य कुरालाई पनि नजरअन्दाज गर्दै बरु उनले बोकेर गएको नयाँ फोन फरेन्सिकका लागि पठायो । नयाँ फोनमा कुनै पनि पुरानो विवरण नहुने भएपछी उनलाई चोख्याउनका लागि यस्तो गरिएको हुन सक्ने अनुसन्धानमा खटिएका प्रहरी स्रोतकै दाबी छ । 


र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 




प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....