पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पु¥याएको छ । पार्टी कार्यालयमा शुक्रबार साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर प्रहरीले सवा ७ घण्टा लगाएर शनिबार बिहान २ बजे पोखरा पु¥याएको हो ।
कास्की प्रहरीले जिल्ला अदालतबाट सहकारी ठगीमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिएपछि सीआईबी पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय आएको थियो ।
पोखरा प्रहरीलाई बुझाउन सीआईबीको प्रहरी टोली लामिछानेलाई लिएर पोखरा गएको थियो । लामिछाने सवार स्कोरपिर्यो गाडीलाई प्रहरीले अगाडि र पछाडिबाट स्कटीङ गर्दै पृथ्वी राजमार्ग भएर पोखरा पुर्याएको हो ।
लामिछानेलाई पोखरा लैजाँदै गर्दा उनको सर्मथन र सरकारको विरोधमा धादिङ, चितवन, तनहुँ र कास्कीमा सयौँ समर्थकहरू सडकमा उत्रिएका थिए । उनीहरूले प्रधानमन्त्री केपी ओली र नेपाली काङ्ग्रेसका नेता गगन थापा विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
पोखरा पु¥याइएका लामिछानेलाई स्वास्थ्य परिक्षण गरेर सीआईबीले कास्की प्रहरीको जिम्मा लगाउने छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार अदालतमा पेश गरिने कास्की प्रहरीको तयारी छ ।