चितवन । रवि लामिछानेको समर्थनमा मुग्लिन आउन चितवनबाट हिँडेका रास्वपा कार्यकर्तालाई प्रहरीले रोकेको छ। सयौँको सङ्ख्यामा रहेका उनीहरूलाई माथिको आदेश भन्दै प्रहरीको जुगेडीमा राजमार्ग अवरोध गरेर रोकेको रास्वपाले जनाएको छ।
रास्वपा चितवनकी नेतृ सीता ज्ञवालीले सिधाकुरासँग कुरा गर्दै आफूहरूलाई रोक्न प्रहरीले राजमार्ग अवरुद्ध गरेको जानकारी दिइन् । ‘हामी अहिले जुगेडीमा रोकिएका छौँ । हाम्रो सभापतिलाई भेट्न नदिन प्रहरीले राजमार्ग बन्छ गरेको छ,’ ज्ञवालीले भनिन् ,‘हामीलाई रोक्न राजमार्ग अवरुद्ध गर्दा सयौँ यात्रु बिचल्लीमा परेका छन् ।’
चितवन प्रहरी प्रमुखको आदेश भन्दै जुगेडी प्रहरी सडक अवरुद्ध गरेको उनले बताइन् ।