के हो रविमाथि विपक्षी दलले देखेको राजनीतिक प्रतिशोध ?

नवीन ढुंगाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको र उनलाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै एकाथरी जमात अहिले दन्त बजान गरिरहेका छन् ।

उनीहरूको निकटस्थ केही मिडियाबाट रवि आजै, अहिल्यै पक्राउ पर्दै, प्रहरी हाई अलर्टमा भन्दै समाचार छापिइरहेका छन । उनीहरूलाई के हेक्का छैन भने देशका सबै मानिसहरू जुनसुकै बेला अनुसन्धानमा तानिन सक्छन् र उनीहरु पक्राउ पर्न सक्छन् । र, त्यो अधिकार प्रहरी वा अभियोजनकारी सरकारी संयन्त्रलाई छ ।     

उनीहरूले रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने एउटै मात्र अस्त्र बनाएका छन्, एमाले नेता सूर्य बहादुर थापा नेतृत्वको सहकारी छानबिन संसदीय समितिको प्रतिवेदनले औँल्याएको गोर्खा मिडियामा प्रबन्धक रहँदा रविले सहकारीबाट आएको रकम परिचालन गरेको विषय ।

थापा नेतृत्वको प्रतिवेदनले ‘सहकारीको रकम प्रत्यक्ष अपचलनमा रवि लामिछाने स्वयम् कतै पनि उपस्थित छैनन् तर सहकारीबाट आएको केही रकम उनी प्रबन्धक हुँदा तत्कालीन प्रबन्धकको हैसियतमा खर्च गरेकामा उनी जिम्मेवार रहन्छन् र यसमा कानुन बमोजिमको कारबाही गरिनु पर्छ ।’ प्रतिवेदनले गोरखा मिडियाका तत्कालीन कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईले व्यक्तिगत ऋणको रुपमा सहकारीबाट रकम भित्र्याएको र खर्च गरेको किटान गरेको छ ।

त्यसो त गोरखा मिडियाको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यलयमा बुझाइएको लेखापरीक्षण प्रतिवेदनमा पनि मिडियामा भित्रिएको रकम राईको ऋणको रुपमा उल्लेख छ । प्रतिवेदनअनुसार पनि रविमाथि सहकारी ठगीको कानुन आकर्षित हुने कुनै आधार देखिँदैन । उनीमाथि गोरखा मिडियाका तत्कालीन साझेदारले कम्पनी कानुन अनुसार असहमति राखेर खोज्ने कानुनी उपचार मात्रै आकर्षित हुन्छ वा रवि लामिछानेले सम्पत्ति शुद्धिकरण गरेको, अवैध रकम आर्जन गरेको वा भ्रष्ट्राचार गरेको भए उनी छानबिनको दायरामा आउन सक्छन् । 

तर, संसदबाटै नेपाली कांग्रेसका युवा नेता एवम् महामन्त्री गगन थापा र एमाले नेताहरूले रवि लामिछानेले सहकारी ठगेको प्रमाण आफूहरूसँग रहेको बताएको तर छानबिनमा नदेखिएका कारण उनीहरु र उनीहरूले परिचालन गरेको एउटा समूह रविलाई एक दिन भए पनि प्रहरी हिरासत पुर्याउने योजनामा लागेका छन् । यसबाट उनीहरूको दुई वटा स्वार्थ पूर्ति हुन्छ । 

पहिलो, रवि र उनीसँगै मौलाएको वैकल्पिक राजनीतिको कद घटाउन सकिन्छ, जसले युवा उमेरमै राजनीतिक दाउमा लागेका गगन थापा र एमालेजनको राजनीति जोगिन सक्छ । दोस्रो, आफूले सार्वजनिक रुपमा र पत्रकार सम्मेलन गरेर रविबारे फैलाएको भ्रम जसरी पनि पुष्टि गर्नुछ । 

यहि मेसोमा आफूमाथि भुटानी शरणार्थी प्रकरणमा धरपकड गर्न खोजेको भयले बाँचेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि रविविरुद्ध मिसिएकी छिन् । उनी रवि थुन्ने तागतमा त देखिन्नन् तर रविलाई अरु शक्ति परिचालन गरेर थुन्न पाए सान्त्वना मिल्ने उनको बुझाई छ । 

सहकारीबाट ठगिएको जनताको रकम फिर्ता गर्न गठित संसदीय समितिले यही राजनीतिक खिचातानी बीच जनताको बचतलाई नभई रविलाई केन्द्रमा राखेर प्रतिवेदन सार्वजनिक गरिदियो । यो प्रतिवेदनमा रविलाई कारबाही गर्न नसकिने तर तर्साउन सकिने आधारहरु मात्रै छन् ।     

यही अन्तरद्वन्द्वबीच राजनीतिमा कुटिल चाल चाल्ने स्वभावका प्रधानमन्त्री केपी ओलीले सहकारी ठगी सम्बन्धी संसदीय प्रतिवेदनलाई यस्तो हतियार बनाएकी जसलाई देखाएर उनी रविको राजनीतिक कद गगनहरुको इच्छाअनुसार घटाउने, नभए साइजमा राख्ने, आफ्नो सत्ताको मनमौजीविरुद्ध आक्रोशको जनमत बोकेका रवि र उनको खेमालाई विरोधमा बोल्न नदिने र विपक्षीसँग रविलाई मिल्न नदिने । 

रवि र उनको पार्टीले सहकारी ठगीको सन्दर्भमा हुने स्वभाविक कानुनी पाटोमा स्वतस्फूर्त सघाउने सार्वजनिक घोषणा गरेकै छन् । प्रहरी अदालत जाँदा उनको नाममा पक्राउ पुर्जी जारी गर्न अदालत तयार छैन । उसो भए के आधारमा ओली, सत्तारुढ दल र उनीहरुबाट परिचालित मिडिया रविलाई पक्राउ गर्ने भ्रमको खेती गरिरहेका छन् त रु यसैबाट सबै घटनाक्रम पुष्टी हुन्छ । यसैलाई विपक्षी दलले राजनीतिक प्रतिशोध भनेका छन् । 

ओली र देउवा पत्नी आरजु मिलेर बनाएको सरकारले एक सय दिन मनाएको छैन । तर, कांग्रेसीहरुलाई सत्ताको नेतृत्व गरिरहेको एमाले र प्रधानमन्त्री यसरी गन्हाएको छकी न गगन, न शेखर न त देउवालाई नै ओली अब चाहिएको छ ।

कांग्रेसभित्रै बरु देउवा नै प्रधानमन्त्री भए हुन् तर ओली बोक्नुहुन्न भन्ने मत बाक्लिदै जाँदा ओली रवि माथि दबाब बढाउँदै छन् । जसमा उनले अस्त्र बनाए रविलाई पक्राउको भय देखाएर विपक्षीसँग मिल्न रोक्ने, दुई, रविलाई साइजमा राखेर देउवा परिवार खुसी राख्ने, तीन, दल फुटाउने अध्यादेश ल्याएर विपक्षीलाई कमजोर पार्ने । 

तर, अब ओलीको रवि पक्राउ गराउने बाहेकको सबै अस्त्र भुत्ते भइसकेको राजनीतिक वृत्तमा भुसको आगो जस्तै भइसकेको छ । एमालेले तयारी गरेको दल फुटाउने अध्यादेशको पक्षमा नउभिने वाचा देउवाले विपक्षी दललाई दिइसकेका छन् । देउवाको सोही संकेत पछि बल पाएका प्रचण्डले शुक्रबार विपक्षी दलको बैठक बोलाएर ओलीमाथि ६ दलको मोर्चा कसेका छन् । जसमा ओली सत्तामा सहभागी लोसपा र नागरिक उन्मुक्ति पार्टीले समेत सरकारको साथ छोडेर विपक्षी मोर्चामा उभिने निर्णय गरेका छन् । 

अब न त ओलीले रविलाई विपक्षी मोर्चामा जानबाट रोक्न सके, न अब दल फुटाउने अध्यादेश नै ल्याउन सक्छन् । त्यसो त गगनहरुले रविलाई नबोक्न प्रचण्डसँग गरेको लबिङ पनि शुक्रबार बिहानको विपक्षी दलको बैठक पछि तुहिएको छ । अब परिस्थिति यस्तो बनेको छ की केही समय अघि रविले देउवालाई रिस उठेको दिन सरकार ढल्छ भन्ने जस्तो भएको छ ।

 विपक्षी दलहरुले ओलीलाई पदच्युत गर्न मात्रै भएपनि सकेसम्म देउवा, कांग्रेसबाट अर्को कोही वा तेस्रो विकल्पमा तयार हुने नेतालाई प्रधानमन्त्री स्वीकार गर्ने समझदारी बनाएका छन् । बालेनलाई रिस उठाएका, बाढी पिडितलाई चिढ्याएका, वैकल्पिक राजनीतिलाई सिध्याउन कम्मर कसेका ओलीविरुद्ध अब देउवालाई मात्रै रिस उठ्न बाँकी छ । देउवालाई रिस उठ्नुअघि ओलीमा जाग्ने प्रतिशोधको भावलाई विपक्षी दलहरुले रवि माथिको राजनीतिक प्रतिशोध भनेका छन् र त्यसो गरिए प्रतिवाद गर्ने समझदारी शुक्रबार बनाएका छन् । 

प्रतिक्रिया

  • Sujan Poudel 2 hours ago
    Yes

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||

  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

Current Affairs

‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी....

  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||