सुगर ड्याडी केसः कसरी अघि बढ्दै छ प्रहरी अनुसन्धान ?

काठमाडौँ प्रहरी प्रमुख बसन्त रजौरेले आशिष देउला र उनका सहकर्मीहरूबाट भएको फरक किसिमको अपराध अनुसन्धानमा तिव्रता दिएको बताएका छन् । सुगर ड्याडी नामबाट भएको उनको अपराधबारे अनुसन्धान प्रक्रियाबारे सिधाकुरासँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले यस्तो बताएका हुन् । 


यसअघि कहिल्यै नसुनिएको र थाहा नभएको प्रकृतिको अपराधमा यो समूह संलग्न रहेको पाइएको भन्दै उनले फरक फरक कोणबाट प्रहरीले अनुसन्धानलाई अघि बढाइरहेको जानकारी दिए । धेरै मानिसहरु पिडित भएको हुनसक्ने भन्दै उनीहरूलाई आफू विरुद्ध भएको अपराधबारे जानकारी दिन पनि प्रमुख रजौरेले आग्रह गरे । किशोर किशोरीहरू अपहरणमा पर्ने नाइट क्लब, यातना दिने स्थल, अपराधमा संलग्नहरूको मोबाइल डिभाइस पनि अनुसन्धानको  प्रक्रियामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

यस्ता अपराधहरू समाजको बाइप्रोडक्ट रहेको भन्दै प्रहरी परिसर काठमाडौँले समाजलाई पनि सचेत रहन आग्रह गरेका छन् । 

सुगर ड्याडीको नाममा काठमाडौँमा घटेको नयाँ  किसिमको अपराधमा प्रहरी अनुसन्धानमा के भइरहेको छ ?

सुगर ड्याडी आवरणमा काठमाडौँमा नयाँ किसिमको अपराध देखिएको छ  । यस विषयमा हामीले जाहेरी लिएर अनुसन्धान अघि बढाएका छौँ । यो प्रकरणमा हामीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ  । पहिलो चरणमा आशिष देउला लगायत २ जनाको बयान हामीले लिइसकेका छौँ । हामी कहाँ नयाँ जाहेरी पनि आइरहेको अवस्था छ ।

मान्छेलाई नाइट क्लबबाट उठाएर लाने, आइरनले डाम्ने लगायत यातना दिने जस्ता कार्य कस्तो प्रकारको घटना हो ?

यो पहिले कहिल्यै नभएको पनि भनिन्छ ।समाजमा विभिन्न प्रकारका घटनाहरू घटिरहेका हुन्छन् । तर, यो क्रूर र अमानवीय प्रकारको घटना हो । यसलाई मान्छेको मनोविज्ञानसँग सम्बन्धित घटना मानिन्छ । केही मान्छेहरू आफ्नो पृष्ठभूमिबाट प्रभावित हुन्छन् ।

यस्ता मान्छेहरू विगतमा कसैबाट टर्चर भोगेका छन् वा पढाईका सन्दर्भका कतिपय होस्टेलहरूमा यस्तो हुने गर्छ भन्ने सुनिन्छ । यस सँगसँगै जब मान्छे अलिक बढी ‘मनोवैज्ञानिक रुपमा कमजोर’ प्रकारको हुन्छ । उसले अरुलाई तड्पाएर आफू इन्जोए गर्ने प्रकारको पनि हुने गर्छन् । अथवा यिनीहरूको ति पार्टलाई मात्र हेरेर यसलाई निष्कर्षमा जान सक्ने कुरा पनि छैन । यिनीहरूले काहीँ काहीँबाट केही फाइदा निकाल्छन् कि भन्ने कुरामा पनि ध्यान दिनुपर्ने गरी अनुसन्धान गर्नुपर्ने हुन्छ । 

त्यसैले अनुसन्धान नसकिँदा अहिले नै यस्तो हो भन्न सक्ने अवस्था छैन तै पनि सामान्य रुपमा हामीले यो मान्छेलाई हेर्ने हो भने, उसले मास्क लिने, गाडीमा पेन्चिसहरु राख्ने, घरमा लगेर पोल्ने कुराहरु राख्ने, त्यो मान्छेहरुलाई टर्चर गर्ने गरेको पाइएको छ । यसलाई हेर्ने हो भने यो अत्यन्त क्रूर प्रकारको, पारिवारिक संगत भन्दा अलि टाढा रहेको, बाहिरी वातावरणले धेरै प्रभावित पारेको व्यक्ति जस्तो लाग्छ । 

यो घटनासँगै समाजमा यस्ता घटना र पात्रहरु छन् भन्ने उजागर भएको छ । यसले समाजलाई के सन्देश दिन्छ ?

यो पनि समाजको एक ‘बाइप्रोडक्ट’ नै हो । मान्छेले किन अपराध गर्छ भन्नुभन्दा पहिले समाज र अपराध एक आपसमा अन्तसम्बन्धित हुन्छन् भन्ने बुझ्नुपर्छ । यसैले गर्दा समाजमा यस्ता व्यक्तिहरु हुने गर्छन् । समाजमा यस्ता व्यक्तिहरुबाट सावधानी अपनाउनुपर्ने अवस्था चाहीँ छ । 

आफ्नो छोराछोरीहरु कस्तो संगतमा छन् ? युवा पुस्ता कस्तो संगतमा छन् ? राति क्लबमा जाने छोराछोरीहरु किन र कोसँग गइरहेका छन् ? जस्ता प्रश्न बाबुआमाले सोध्न सक्नुपर्छ । त्यतिमात्र हैन, आफ्नो टोलमा, आफ्नो छिमेकमा कस्ता प्रकारमा मानिसहरु छन् ? तिनीहरुप्रति समाज आफैँमा सचेत रहनुपर्छ, जानकार हुनुपर्छ । त्यस्तोलाई राइट कम्युनिटि भनिन्छ । जुन समाजले अपराधलाई प्रश्न गर्न सक्दैन वा कुनै प्रवृत्तिलाई प्रश्न गर्न सक्दैन, त्यस्तो समाजमा अपराध हुने गर्छ । 

जस्तो कि काठमाडौँ लगायत धेरै बसाईँसराइ हुने सहरमा तुलनात्मक रुपमा प्रश्न सोध्ने प्रवृत्ति कम छ । नेपाल मात्र नभएर विश्वका राजधानी सहरहरु जहाँ अलिक बढी बसाईसराई हुन्छ, त्यहाँ आपराधिक क्रियाकलाप धेरै हुने गरेको पाइन्छ । त्यसैले समाज अलिक बढी सावधान हुनुपर्छ । टोल छिमेकलाई कसरी हुन्छ टाइड गर्नुपर्ने हुन्छ । यसका लागि टोल विकास समिति, आमा समूह जस्ता समूहहरुले समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ । त्यस्ता क्रियाकलापले समाजमा आपराधिक घटनालाई न्यूनिकरण गर्न सहयोग गर्छ ।

आशिष देउलाले नाइट क्लबमा प्रतिबन्धित गरिएको फेस मास्क लगाएर तडकभडक देखाएको भिडियोहरु सार्वजनिक रुपमा उपलब्ध छन् । पिडितहरु पनि अधिकांश क्लबहरुबाटै अपहरणमा परेका छन् । यस्तो अवस्थामा क्लबहरु अनुसन्धानको घेरामा पर्छन् ?

त्यस्तो कुराको कसरी पहुँच भयो । उसले त्यो भित्रै गएर पो लगाएको हो कि वा अन्य व्यक्ति र संस्थाले जानजानी त्यसो गर्न पहुँच दिएको हो भन्ने विषयमा चाहिँ अनुसन्धान पछि नै जानकारी आउला । हामी अनुसन्धानकै क्रममा छौँ । अर्को कुरा उसले जुन मास्क प्रयोग गरेको छ । त्यसलाई सिलिकन मास्क भनिन्छ ।  जुन प्रयोग गर्न र निकाल्न सजिलो पनि छ । त्यसलाई समेत हामीले बरामद गरिसकेका छौँ । त्यसका विषयमा सोधपुछ गरेर हामीले निकट भविष्यमा निष्कर्श निकाल्छौँ । 

सुगर ड्याडी उर्फ आशिष देउलाबारे समाचार प्रकाशन प्रसारण गरेपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनीहरुले टर्चर दिएको भिडियो डार्क वेबमा राखेको हुनसक्ने आँकलन गर्दै हाम्रो सम्पर्कका आइराख्नु भएको छ, के प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको छ ?

डार्क वेब सम्बन्धी केसहरु यो भन्दा अगाडी त हामीसामू आएको छैन । तर, हरेक केस र तिनका प्रवृत्ति फरक हुने गर्छन् । हामीले एकै प्रकृतिको केसको एकै प्रकारको प्रवृत्ति नपाउन सक्छौँ । त्यही भएर जे जति सम्भावना छन्, हामीले ति सबै सम्भावना चिर्ने प्रयत्न गरिरहेका छौँ र मलाई विश्वास छ, हामी त्यो चिर्ने छौँ । 

यससम्बन्धी समाचार प्रकाशनपछि कतिपय पीडितहरु हाम्रो सम्पर्कमा आएका छन् । त्यसमा कतिपय युवतीहरु यौन दुव्र्यवहारको सिकार भयौँ भनिरहेका छन् । तर, उनीहरु मुद्दा प्रक्रियामा जाँदा व्यक्तिगत जीवनमा समस्या हुने डरले प्रहरीकहाँ जान हिच्किचाइरहेका छन् । उनीहरुले कसरी न्याय पाउँछन् ? 

हामीले घटना र पात्रलाई हेरेर उसको व्यक्तिगत जीवनको गोपनियता सुरक्षित गर्ने गर्छौँ । यससम्बन्धी कानुनी प्रावधान पनि छ । यसमा हामी एकदमै संवेदनशील छौँ । जो पनि पीडित हुनुहुन्छ, उहाँहरु हामीसँग सम्पर्क गरेर आउन सक्नुहुन्छ । हामीले अनुरोध पनि गरेका छौँ । समाजबाट यस्ता व्यक्तिहरु हटाउन र कानुनको दायरामा ल्याउनका लागि हामी सबै मिलेर जानुपर्छ । आफूलाई अन्याय परेका कुराहरु लुकाएर बस्नु हुँदैन । 

यो विषयले सँधैभरी पीडा दिन सक्छ । त्यसैले आफूलाई न्याय दिनका लागि तपाईँहरु कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसका लागि तपाईँहरु निर्धक्क हामीकहाँ आउनुहोस् । हामी तपाईँलाई साथ दिन्छौँ । हामीसँग आएपछि कुनै किसिमको घटना नहोस् भन्ने हामी चाहन्छौँ र सोहीअनुरुप प्रक्रिया पनि अघि बढाउछौँ । यहाँहरुलाई व्यक्तिगत सुरक्षा र यहाँहरुको गोपनियतालाई सुरक्षित राख्ने हामी प्रतिबद्ध गर्छौँ । 

यति ठूलो अपराध गर्दा पीडित मान्छे चिच्याउँछ, कराउँछ । तर यो विषयमा समाज वा छिमेकीहरु जानकार छन् वा अनविज्ञ ? त्यतातर्फ पनि अनुसन्धान भएको छ ? के भन्छन् उनीहरु ?

छिमेकीको सन्दर्भमा स्थानीयहरुसँग पनि हामीले अनुसन्धान केन्द्रित गरेका छौँ । यस्तो थाहा पाएर रोक्न खोज्दा आक्रमण भएको भन्नेहरु प्रहरी कहाँ आएका छन् । छिमेकीहरुले थाहा पाएको पनि हुनसक्छ, थाहा नपाएको पनि हुन सक्छ । यही होला भन्न सक्ने अवस्था छैन, तर म सबैलाई के अनुरोध गर्छु भने तपाईँको छिमेका यस्तो प्रकारको घटना हुन सक्छ है । यो लगायत अन्य घटना पनि हुन सक्छन् है । यो कुरामा तपाईँहरु सावधान रहनुहोला । आफू, आफ्नो परिवार, आफ्नो छोराछोरी र आफ्नो टोल छिमेकलाई सुरक्षित पार्नुहोला भन्न चाहन्छु । 

यस घटनासँग सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’


‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’





प्रतिक्रिया

  • ✂ You got a gift from user. Next > out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1c 24 days ago
    kn0tt5
  • 🖋 You have received 1 message # 394. Go >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZz 23 days ago
    wf3s7u
  • 📀 You have received a email # 873. Read >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZz 23 days ago
    92oraq

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....