बुटवल । रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा एकबहादुर क्षेत्री विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उनले सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।
खसेको २ हजार ४ सय मतमा रास्वपाका क्षेत्रीले ७०५ मत सहित विजयी भएका थिए । उनका विरुद्ध नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्ध गरेर नारायण पाण्डेलाई उम्मेदवार बनाएका थिए । यस्तै नेकपा एमाललले नारायण थापालाई उम्मेदवार बनाएको थियो । अन्य ३ जना कार्यसमिति सदस्य समेत रास्वपाबाट निर्वाचित भएका छन् । त्यस बाहेक सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।