पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मित्तेरी पुल भित्र पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
फागुन ३ गते रौतहटको ईशानाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगंजमा जुलुस तथा प्रदर्शन भएको थियो । सो क्रममा वीरगंजमा पनि झडपको स्थिती उत्पन्न भएको थियो ।
सर्वसाधारणको सुरक्षामा पर्नसक्ने जोखिम र शान्ती भंग हुने स्थिति देखिएकोले वीरगंज महानगरका क्षेत्रहरुमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले उल्लेख गरेको छ ।
प्रशासनले निषेधित क्षेत्रमा आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्दर्शन गर्न, घेराउ र्याली तथा अन्य कुनै उच्छृङ्खल गतिबिधि गर्न नपाउने उल्लेख गरेको छ । उक्त आदेश सोमबार बेलुकी ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि लागू हुनेछ ।