स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज

सिधाकुरा

१ असोज, काठमाडौं - पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ । 


पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका हुन् । विगत वर्षमा सयौँको सङ्ख्यामा ज्याकेट एवं परिचय पत्र बोकेका स्वयंसेवकले नै दर्शनार्थीलाई मन्दिर प्रवेशमा असहज वातावरण बनाएको सूचना पाएपछि कोषले यो वर्ष व्यवस्थित गरेको हो । 

विगत वर्षमा स्वयंसेवकले नै लाम बाहिरका मानिसलाई अनियमित रुपमा लामको बीचबाट प्रवेश गराएको सूचना पाएपछि उनलाई बाहिर निकालिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । विगत वर्षमा पशुपतिनाथ मन्दिरको मूल मन्दिर परिसर बाहिर विभिन्न सङ्घ संस्थाको ज्याकेट र परिचय पत्र लगाएर स्वयंसेवा गर्नेकै भीड लाग्थ्यो ।

कोषले स्वयंसेवक परिचालनका लागि ज्याकेटको व्यवस्था नगरेपछि पश्चिम ढोकाअघि व्रतालु महिला, सञ्चारमाध्यमका प्रतिनिधि एवं फोटो पत्रकार सीमित सङ्ख्यामा नेपाल स्काउटका स्वयंसेवक खटिएको देखिन्थ्यो ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायतमा मात्र सीमित सङ्ख्यामा स्वयंसेवकको पास दिइएको थियो । साउनको सोमबार, तीज, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नयाँ वर्षको दिन वैशाख १ गतेलगायत पर्वमा पशुपति क्षेत्रमा खटिने भक्तजनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने गरिएको थियो । 

पशुपति क्षेत्र रहेको काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान सङ्गत कोषले यसवर्ष स्वयंसेवक परिचालनमा नियमन गरेकैले दिउँसोसम्म यस क्षेत्रको सिनामङ्गल–चावहिल क्षेत्रको चक्रपथमा सहज रुपमा सवारी चलेको बताए । 


पशुपति क्षेत्रभित्र पनि तीज पर्व व्यवस्थित देखिएको उनको अनुभव छ । पशुपति क्षेत्रमा स्वयंसेवकलाई अनावश्यक रुपमा नखटाउन स्थानीय सरकारका तर्फबाट वडा कार्यालयले पनि अनुरोध गरेको वडाअध्यक्ष सङ्गतले सुनाए । 

असोज १ गते आज विश्वकर्मा पूजा परेकाले हिजो अस्तिका तुलनामा कम सवारी सडकमा गुडेको देखिन्छ । यसका कारण पनि केही मात्रामा भक्तजन घटेको हो कि भन्ने अनुमान रहेको उनले बताए।

जुत्ता चप्पल कक्षमा पर्याप्तमात्रामा झोला

गत वर्षहरुमा लाम बस्नुअघि भक्तजनले जुत्ता राख्नकै लागि झोला खोज्न नै समस्या हुन्थ्यो । तर यसवर्ष भने चार वटै लामबाट पुगिने जुत्ता चप्पल कक्ष नजिक झोलाको थुप्रो राखिएकाले भक्तजनलाई सहज भएको भक्तपुरको कटुञ्जेबाट आएकी दर्शनार्थी अस्मिता ढुङ्गेलले बताइन् । 

तिजका अवसरमा चारै वटा सुरक्षा निकायले समन्वयात्मक रुपमा पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । आज पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरिएको छ ।


कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गरेका छन् । यो पहिलो लाम हो । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राखिएको छ । 

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका छन् । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राखिएको छ ।  

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भागमा राखिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ ।  

दर्शनार्थीको मोबाइल कोषको नियन्त्रणमा

पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो । यो नियमअनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्तीबाट मोबाइल निकाल्ने बित्तिकै कोषका कर्मचारी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । तस्बिर र भिडियो नखिची निकालेको अवस्थामा नियन्त्रणमा लिइएको मोबाइल दर्शनार्थी दर्शन गरेर फर्कने क्रममा फिर्ता गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

दिउँसो तीन बजेसम्म कुनै पनि भक्तजनको मोबाइलबाट पशुपतिनाथ मूल मन्दिरको तस्बिर खिचिएको छैन । तस्बिर नै खिचेका मोबाइल भने फिर्ता नगरिने कोषले जनाएको छ । तस्बिर मोबाइलबाट मेटाउँदा पनि प्रविधिका माध्यमबाट त्यसलाई पुनस्थापित गर्न सकिने भएकाले तस्बिर र भिडियो खिच्ने भक्तजनको मोबाइल फिर्ता नगर्ने गरी कोषले नियम बनाएको हो । पशुपतिनाथको मूल मन्दिर परिसरको तस्बिर र भिडियो सनातनकालदेखि नै खिच्न नपाउने नियम छ । 

हालै सामाजिक सञ्जालमा पशुपतिनाथ मूल मन्दिरको भिडियो र तस्बिर भाइरल गराइएकाले कोष यो वर्षको तिजमा कडा रुपमा प्रस्तुत भएको हो । यसलाई आगामी पर्व एवं दैनिक दर्शनार्थीका लागि लागू गरिने भएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको हो । 

सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यसरी कडा नियम बनाएर सशक्त रुपमा कार्यान्वयन गरेको हो । कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न सुरु गरिसकेको छ । 

पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गरिरहेका छन् । यसमा कोषलाई चार वटै सुरक्षा निकायले पनि साथ दिएको छ ।  

तीन बजेसम्म दुई लाख दर्शनार्थी पुगे मूल मन्दिरमा

आज दिउँसो तीन बजेसम्म तीन लाख दर्शनाथी मूल मन्दिर प्रवेश गरेको कार्यकारी निर्देशक खतिवडाले बताए । पशुपति क्षेत्र प्रवेश गरी गजुरको दर्शन गर्ने भक्तजनको सङ्ख्या भने पाँच लाख नाघेको कोषले जनाएको छ । 


पशुपति क्षेत्र गई मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न नसकिने भएमा गजुरको दर्शन गरेर पनि फर्कन सकिने शास्त्री नियम रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । तीन बजेपछि पशुपति क्षेत्रमा भक्तजनको चाप बढ्न थालेको छ । कोषले आज बेलुकी सात बजेसम्म मूल मन्दिरभित्र महिला व्रतालुलाई मात्र दर्शनका लागि प्रवेश गर्न दिने नियम बनाएको छ ।

नित्य दर्शन गर्न आउने पुरुष दर्शनार्थीलाई भने कोषले बिहान छ बजेअघि नै दर्शन गराएको थियो । आज बेलुकी लाममा आउनेजति सबैलाई दर्शन गर्न दिने कोषले जनाएको छ । महिलालाई भने सुरक्षाका कारण राति नौ बजेपछि मन्दिर क्षेत्रमा नआउन कोषले अनुरोध गरेको छ ।

दर्शनार्थीको रुचि सेल्फी, टिकटकमा

तिजका अवसरमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने महिला व्रतालुमा पशुपति क्षेत्रको पृष्ठभूमि आउने गरी सेल्फी, टिकटक लोभ देखिएको छ । सामाजिक सञ्जालनमा तीजका बेलामा पशुपति क्षेत्रमा खिचिएका सेल्फी, टिकटक पोष्ट गर्ने चलनले सेल्फी र टिकटक बनाउनेको सङ्ख्या धेरै देखिएको दक्षिणकालीबाट आएकी दर्शनार्थी रश्मी बस्नेतले बताइन् । 


दर्शनार्थी महिलाहरु नाचगानमा पनि उत्तिकै रमाएको देखिन्छ । साउण्ड सिस्टममा बजिरहेका गीतमा नाचगान गर्ने भक्तजनको सङ्ख्या पनि धेरै छ । त्सैले यस पर्वका अवसरमा निराहार अर्थात् पानी नपिई व्रत बस्ने गरेपनि पानी र जुस खानेका लागि भने पशुपति क्षेत्रका धेरै ठाउँमा यस्तो व्यवस्था गरिएको छ । निःशुल्क रुपमा गरिएको यो व्यवस्थामा सहभागी हुने भक्तजन पनि छन् ।

पशुपति क्षेत्रमा नेपाली सेना, शान्ति सेवा गृहलगायत संस्थाले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेका छन् । यहाँबाट लाभ लिने भक्तजन पनि धेरै छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....

  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....

  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....
  • रविमाथि प्रतिशाेध, पुष्टिका आधार || SIDHAKURA ||
  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....

Current Affairs

हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया....

  • हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी....
  • १५ दिनपछि के गर्छन् कुलमान घिसिङ् ?|| SIDHAKURA ||
  • बार्दलीबाट रविको गर्जन, 'थुनामा राख्दैमा बाघ स्याल हुँदैन’ || SIDHAKURA ||
  • दीपक मनाङ्गेलाई यसरी छिराइयो कारागार || Deepak Manange || SIDHAKURA ||
  • रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइयो || SIDHAKURA ||
  • उर्जा मन्त्रालयको दृश्यः मन्त्री उठेर हिँडे, राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् || SIDHAKURA....
  • हाइकमाण्डको हिरासतको छलफलमा रविले नेताहरुलाई के भने ? || SIDHAKURA ||
  • प्रधानमन्त्री कार्यालय नै भष्ट्राचारको मुल जरो || राज्य व्यवस्था समिति || SIDHAKURA....
  • पोखरामा रास्वपाले गरेको प्रदर्शनमा अश्रुग्यास प्रहार || SIDHAKURA ||
  • 'कानुनतः रविलाई थुन्न मिल्दैन...' : कानुनविद् डा. गान्धी पण्डित || SIDHAKURA ||
  • हिरासतमा के भन्छन् रवि ? || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले मनायो महाकवि देवकोटाको जन्मजयन्ती || SIDHAKURA ||
  • विमानस्थलमा हजारौँ यात्रु अलपत्र || SIDHAKURA ||
  • उदयपुरको मौलीक देउसी भैलो || Deusi Bhailo || SIDHAKURA ||
  • ‘हाम्रा छोरा-छोरीहरु रवि-बालेनको समर्थनमा छन्, हामीले रोक्न सकेका छैनौं’ सञ्चारमन्त्री गुरुङ ||
  • Lights, Blessings, Action! Laxmi Puja at Sidhakura || सिधाकुरामा लक्ष्मी पूजा ||
  • प्रचण्डकाे छमछमी || Puspa Kamal Dahal "Prachanda" ||
  • कुकुर: आज्ञाकारी र रक्षक || SIDHAKURA ||
  • जसले दबाब दिएपनि बिजुलीको पैसा उठाएरै छोड्छु: कुलमान घिसिङ || SIDHAKURA ||
  • रोक्का राखेको ६० बोरा चामल गायब, खाद्य प्रविधि, सिडियो कार्यालय, पालिका र....
  • देश किन र कसरी डुब्यो जान्न मन भए सिंहदरबारको वैद्यखाना हेरे पुग्छ–....
  • 'यो देशमा रवि जस्ता राम्रो मान्छेलाई टिक्न दिँदैनन्, मदन भण्डारीलाई पनि यस्तै....
  • पक्राउ परेका नेताहरुलाई निशर्त रिहा नगरे घेरा तोड्ने रास्वपाको चेतावनी || SIDHAKURA....
  • रास्वपाको प्रदर्शन सुरुमै बालुवाटारमा धरपकड, फक्राउ परे नेताहरु || SIDHAKURA ||
  • प्रधानमन्त्रीले जग्गा दान लिनु भ्रष्टाचार हो, लिनेदिनेलाई नै कारवाही होस् || SIDHAKURA....