प्रभु बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समितिलाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको हो ।
बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।
हिमाल पारीको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको छ । मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । यसैविच नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिईरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरण तथा सुबिधाका लागि कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समितिलाई एक समारोहका बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको हो ।
प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत नागरिकलाई सेवा दिदै आएको छ । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत सेवा प्रवाह गर्दै आएको छ ।